न्वागी मेलामा करिब एक करोडको कारोबार

गुल्मी, ३ मंसिर । गुल्मी र बाग्लुङअन्तर्गत पौदीवासीले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोबार राम्रो भएको छ । दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँचदिने मेला अवधिभरमा भण्डै १५० वटा स्टलमा सञ्चालन गरिएका व्यापार–व्यवसायमार्फत व्यापारीले मेलामा विभिन्न सरसामान अन्तर्गत जाडोयामका न्यानो कपडा, फलफूल अन्तर्गत सुन्तला, स्याउ, कृषि उपज र बढी मात्रामा होटल व्यवसाय तथा रमाइलो मेला समेतबाट मेला अवधिभर करिब रु एक करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङका कोषाध्यक्ष प्रदीप खरेलले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा न्वागी मेलामा कारोबार राम्रो हुने भएपछि मेलालाई मध्यनजर गर्दै विभिन्न जिल्लाबाट व्यापारी आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला धार्मिक पर्वका साथै एउटा व्यापार बृद्धिको केन्द्रका रूपमा विकसित हुँदै गएको पाइन्छ । (रासस)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ