gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको १२ औँ इकाई अधिवेशन सम्पन्न

रमेश वि.क.
गुल्मी, चैत्र १ । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको इकाई अधिवेशन आज सम्पन्न भएको छ । उक्त अधिवेशन नेविसंघको विधान अनुसार प्रत्येक २ बर्षमा गर्ने लेखिएको हुनाले सोही विधान बमोजिम अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन कार्यक्रममा स्वागत मन्तव्य नेविसंघ इकाई उपसभापति विक्रम पन्थीको रहेको थियो भने स्वागत गित कमला पहराईले गाउनुभएको थियो ।

उक्त अधिवेशन कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु पनि देखाइएको थियो ।

अधिवेशन कार्यक्रममा नेविसंघ इकाई सभापति अर्जुन पोखरेलको सभापतित्व, नेविसंघ केन्द्रिय महामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य महेन्द्र प्रसाद भण्डारी, नेविसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, जनजाती संघका अध्यक्ष दुजाङ्ग शेर्पा, नेविसंघ गुल्मीका जिल्ला कार्यवाहक सभापति झविन्द्र पाण्डे, नेविसंघ गुल्मीका जिल्ला सचिव निर्मला पन्थी, स्ववियू सभापति श्रीराम महत क्याम्पस प्रमुख हरि बहादुर खत्री र यूवा तथा विद्यार्थी विभाग प्रमुख एवम् नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्काको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नेविसंघ इकाई सचिव रोशन सिंह ठकुरीले गर्नुभएको थियो ।

अधिवेशन कार्यक्रममा प्रमुख अतिथि काफ्लेले राष्ट्रलाई राम्रो बनाउनका लागी राम्रो र दक्ष जनशक्ति चाहिन्छ त्यसको लागी राम्रो शिक्षालयको विकासको हुनुपर्छ त्यस्तै उहाँले भन्नुभयो अब कोपी पेस्टको शिक्षा होइन अब युनिभरसिटीलाई र हरेक कलेजलाई रिसर्च सेन्टरको रुपमा विकास गर्नुपर्छ भन्नुभएको छ ।

अधिवेशन कार्यक्रममा नेविसंघ केन्द्रिय विद्यार्थी नेताहरु, क्याम्पसका प्रध्यापक तथा कर्मचारी, नेविसंघ इकाईका सम्पूर्ण पदाधिकारी र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।

अधिवेशन कार्यक्रमको वन्द शत्र भोली अर्थात चैत्र २ गते विहान ७ वजे देखी सुरु हुने इकाई सभापति पोखरेलले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D