gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन तिलोत्तमा ६ को वडा अधिवेशन विवादित

विवश विष्ट
बुटवल, २३ भदौ । भदौ १८ गतेदेखि सुरु भएको नेपाली काङ्ग्रेसको महाधिवेशनले केन्द्र देखि स्थानिय तह, वडावडामा चहलपहल छाएको छ । भदौ १८ गतेदेखि नेपाली काङ्ग्रेसको १४ अौ महाधिवेशनको वडा अधिवेशन सुरु भएको थियो । अधिवेशनको क्रममा कतै सर्वसहमत चयन भए त कतै निर्वाचन भैरहेको छ भने कतै विवाद उत्पन्न भैरहेको छ ।

पार्टीको १४ अौ अधिवेशनलाई लक्ष्यित गर्दै देशका केही स्थानमा विवाद भैरहदा रुपन्देहीको तिलोत्तमामा पनि विवाद उत्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा विवाद उत्पन्न भएको हो । पार्टी एकलौटी ढङ्गबाट संचालन गरियो, विधि विधान भन्दा अलग भयो भन्दै एक जना क्षेत्रिय उम्मेद्बारले आपत्ति जनाएका छन । आज (बुधबार) तिलोत्तमामा एक पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी दिएका छन ।

नेपाली काङ्ग्रेस तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा क्षेत्रीय प्रतिनिधी चयन एकलौटी ढगंले गरिएको भन्दै क्षेत्रिय उम्मेदवार लक्ष्मण गौतमले निर्वाचन आयोगमा न्यायका लागी पुगेको बताएका छन् । विधिवत् रुपमा समिति छनोट गर्दा सर्वसहमत हुन्छ यदी सर्वसहमत हुन नसके निर्वाचन हुन्छ तर १८ गतेको वडा अधिवेशनको क्रममा आफू उम्मेदवार दिदा दिदै पनि आफ्नो उम्मेदवार पत्र निर्वाचन समितिले नलिएको र त्यहाँको क्षेत्रिय प्रतिनिधि छनोट एकलौटी ढङ्गबाट गरेको उनले आरोप लगाए ।

क्षेत्रिय प्रतिनिधिमा उम्मेदवार गौतमले सो पत्रकार सम्मेलन नेपाली काङ्ग्रेस विरुद्ध नभई नेपाली काङ्ग्रेस भित्रका अन्यायमा परेका आफू जस्ता कयौं कार्यकर्ताहरुका लागि न्याय पाउनको लागि गरिएको बताए । त्यसैले आफू निर्वाचन आयोगसम्म धाई निवेदन पेश गरेको बताएका छन । लोकतान्त्रिक धारका सम्पुर्ण कार्यकर्ताहरुको लागि निष्पक्ष तथा विधानसम्बत ढङ्गले अधिवेशन हुनुपर्ने उहाँको माग रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D