नेपाली काँग्रेस गुल्मीले सरकार विरुद्ध तम्घासमा विरोध प्रदर्शन गर्ने

रमेश वि.क.
गुल्मी । नेपाली काँग्रेसले भोलि श्रावण १५ गते देशभरका सदरमुकाम घेराउ गरि सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । यो विरोध प्रदर्शन नेपाली काँग्रेस केन्द्रले गरेको परिपत्र अनुसार गर्न लागिएको हो ।

गत असार ३२ गते महामन्त्री डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित ‘‘सरकारको अधिनाकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध साउन १५ गते देशव्यापी विरोध प्रदर्शन सम्बन्धमा’’ विषय खुलाई सबै जिल्ला कार्यसमितिका सभापतिहरुलाई परिपत्र गरिएको थियो ।

संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनु पर्नेमा दुई तिहाई मतको दम्भमा दुवै पदमा आफ्नै दलको एकाधिकार राखेपछि नेकपाको उक्त अवैधानिक कार्यशैली प्रबुद्ध व्यक्तिहरुबाटै आलोचित भएको थियो भने नेपाली काँग्रेसले यसैलाई विरोधको केन्द्रविन्दु बनाएको छ ।

सरकार पूर्णतया निष्पक्ष भई देश र जनताको हितलाई सर्वोपरी ठान्दै नीति तथा योजनाहरु लागु गर्नुपर्नेमा त्यसो नगरि कार्यगत अर्थमा सरकार र पार्टी एउटै बनाएको भन्दै नेपाली काँग्रेसले आपत्ति प्रकट गर्दै आएको छ ।

तत्कालीन सरकारले सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, स्पाइनल इनजुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५००० जिविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितहरुलाई थप एक लाख राहत दिने निर्णयहरुलाई खारेज गरेर जनविरोधी निर्णय गरेको, विद्यमान कानुनको समेत ख्याल नगरि नेकपाले मनोमानी ढंगले सरकार चलाउन उद्दत देखिए पछि विरोध गर्न बाध्य भएको नेपाली काँग्रेस गुल्मी जिल्लाका सभापति भुवन श्रेष्ठले बताए ।

भोलि नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गुरु घिमिरेको प्रमुख आतिथ्यतामा गुल्मीमा विशाल विरोध प्रदर्शन हुने स्रोतले बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D