gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

नेकपा एमाले बडिगाडको अध्यक्षमा कमलराज आचार्य, ७३ सदस्यिय कमिटी सर्वसम्मत

कमल पौडेल
बागलुङ, १० कार्तिक । नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ ।

अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यिय गाउँकमिटिको गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलजला) र महेन्द्र केसि (भिमगिठे) सहित सदस्यहरु रहेका छन् ।

मंगलबार राति अवेर सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । अधिवेशनले निवर्तमान सचिव दिनेश शर्माले प्रस्तुत गरेको राजनैतिक तथा साँगठनीक प्रतिवेदन समेत सुझाव सहित पास गरेको छ । त्यस्तै अधिवेशनले नेकपा एमाले बडिगाडको इतिहास लेखन गर्नको लागि निवर्तमान अध्यक्ष गुणानिधि घिमिरेको संयोजकत्वमा १० वटै वडा कमिटिका अध्यक्षहरु रहेको कमिटि समेत गठन गर्ने निर्णय गरेको छ ।

बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुनिल शेरचनको अध्यक्षता तथा जिल्ला कमिटि सचिव विष्णु भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D