Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
नेकपाको पार्टी एकता कसैले दायाँ वायाँ गर्न सक्दैन: स्थायी कमिटी सदस्य पौडेल - Gulminews

नेकपाको पार्टी एकता कसैले दायाँ वायाँ गर्न सक्दैन: स्थायी कमिटी सदस्य पौडेल

कमल पौडेल
बागलुङ, १४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले पार्टी एकतालाई कसैले दायाँवायाँ गर्न नसक्ने बताउनु भएको छ । अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शिसाखानीमा सम्बोधन गर्दै सांसद पौडेलले नेतृत्वमा केहि विवाद जस्तो देखिएपनि यो आम कार्यकर्ता र जनताको चाहनामा पार्टी एकता भएको भन्दै कसैले चाहेर एकता भंग नहुने बताउनु भएको हो ।

टुटफुट र विभाजनको लामो अनुभव पछि एकिकृत पार्टीको आवश्यकताले एकता भएको भन्दै त्यो टुट्ने सपना नदेख्न आग्रह गर्दै एकतावद्ध भएर स्थानिय विकासमा लाग्नुपर्ने आजको आवश्यकता भएको बताउनु भएको छ। आफु साँसद भएदेखि नै बागलुङ पश्चिमको विकासको लागि निरन्तर प्रयत्न गरिरहेको भन्दै पौडेलले शिसाखानीमा मुख्य रुपमा मोटरवाटो, खानेपानी र आकाशे पुल पुरा गर्ने प्रतिवद्धताबाट पछि नहटेको भन्दै मोटरवाटोको काम अन्तिमचरणमा पुगेको, खानेपानीको काम निर्माण कम्पनीको कारण केहि ढिलाई भएपनि सम्पन्न हुने तथा आकाशे पुल निर्माणमा प्राविधिक कारण केहि समस्या देखिएकोले केहि स्थान परिवर्तन गरेर भएपनि निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद भुसालले ग्रामिण क्षेत्रका वासिन्दाहरुले पनि अहिले विकासको अनुभुति गर्न थालेको भन्दै गाउँको विकासको लागि विभाजित मानसिकता भन्दापनि एकतावद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। विकास गर्न राजनैतिक होडवाजि हुने तर राजनैतिक दाउपेचका कारण विकास नहुने अवस्था हुनु नहुने भन्दै स्थानिय विकासमा सवै राजनैतिक दल, समुदाय एकतावद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ।

शिसाखानीको तारञ्जा, स्याँला क्षेत्रमा तिहार लगत्तै खानेपानीको काम नेवा मार्फत सुरु हुने भन्दै भुसालले निर्माणाधिन लिफ्टीङ खानेपानीको विषयमा निर्माण व्यवसायी संग छलफल गरि उपयुक्त निकास निकाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुनले स्थानिय समस्या र समस्या समाधानको लागि गरिएका प्रयत्नको विषयमा जानकारी गराउनु भएको थियो। साल्फेद देखि माथिल्लो सिसाखानी जोड्ने मोटरवाटो, लिफ्टीङ् खानेपानी, आकाशेपुल, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा अध्यक्ष पुनले सांसदको ध्यानाकर्षण गराउनु भएको थियो। सो अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिसाखानी अध्यक्ष लोक बहादुर घर्तिको अध्यक्षता एवं सचिव समिर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

साँसद पौडेल सहितको टोलीले निर्माणाधिन सडक, खानेपानी लगाएतका योजनाको अनुगमन गरेको थियो। शिसाखानी जानुपूर्व बडिगाड गाउँपालिका वडा नं. २ मा निर्माणाधिन त्रिभुवन माविको भवन, स्वास्थ्य चौकी लगाएतका क्षेत्रको अनुगमन गरेको थियो। शुक्रवार वडा नं. १ मा सञ्चालन भैरहेका विभिन्न योजनाको अनुगमन गर्ने दिउसो पश्चिम तमान पुग्ने कार्यक्रम रहेको जिसस उपप्रमुख भुसालले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D