नेकपाका सचिवले गुल्मीमै उत्पादन गरेका बिरुवा बेच्न गार्हो, स्थानिय तहले बाहिरबाट ल्याउँछन् बिरुवा

अनिल खत्री
२२ असार, गुल्मी । सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनको लागि बिभिन्न सहयोग, अनुदान दिन सुरु गरेपछि कृषि क्षेत्रमा आकर्षण बढेको छ । व्यवसायिक रुपमै कृषि क्षेत्रमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ ।

गुल्मीमा पनि कृषी पेसाप्रति आकर्षण बढेको छ । बिभिन्न कृषि जन्य बस्तुहरु उत्पादनमा युवाहरु सक्रिय छन् । कृषि क्षेत्रको सम्भावना राम्रो बन्दै गए पश्चात युवाहरुसँगै समाजका केहि अगुवा व्यक्तिहरु पनि यसक्षेत्रमा उत्साहपूर्वक लागि परेका छन् ।

राजनितिसँगै जिल्लाको सदरमुकाम तम्घासमा एक व्यक्तिले नर्सरीबाट बिरुवा उत्पादन गर्न सुरुवात गरेका गरेका छन् । नेकपा गुल्मीका जिल्ला सचिव बिरबहादुर कार्की राजनितिसँगै कृषि पेसालाई अगाडी बढाउन बिरुवाको नर्सरी स्थापना गर्नु भएको छ ।

समाजका अगुवा ब्यक्तिहरुबाटै केहि सिकुन भन्ने उदेश्यले र यसैबाट परिवार खर्च पनि चलाउन सकिने भन्दै कृषि पेसा अंगालेको कार्कीले बताउनु भयो । उहाँले रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को पुतलीबजारमा बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गर्नु भएको छ ।

२०७४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगालेका कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडी बढाउने उदेश्यले बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गरेको बताउनु भयो । नर्सरीमा हाल कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुहरुको नर्सरी स्थापना गरेको कार्कीले बताउनु भयो ।

हाल कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका ४० हजार बिरुवा तयार भएका छन् । कृषि क्षेत्रमा व्यवसायिक रुपमा लागे पनि नर्सरीमा उत्पादन भएका बिरुवाहरु बिक्री गर्न समस्या रहेको कार्कीले बताउनु भयो ।

जिल्लामा बिभिन्न स्थानिय तहले जिल्ला भन्दा बाहिरबाट बिरुवा ल्याएकाले बिक्री गर्न समस्या रहेको बताउनुभयो । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको बताउनु भयो ।

जडीबुटी, फलफुल, कफि तथम तरकारी,नर्सरी मार्फत ५ रोपनी भन्दा वढि ठाउँमा बिरुवा उत्पादन गर्दै आएको कार्कीले बताउनु भयो । अघिल्लो वर्ष उत्पादन भएका बिरुवाहरु जिल्ला र जिल्ला बाहिर खपत भएपनि यस वर्ष भने बिक्री गर्न समस्या रहेकको बताउनु भयो ।

जिल्लामा अन्य स्थानमा सामान्य रुपमा नर्सरी भएपनि ठूलो संख्यामा उत्पादन गर्ने गरि भने नर्सरी कमै रहेका छन् । कृषि क्षेत्रलाई व्यवस्थित गर्न भन्दै जिल्लामा सुन्तला जोड कार्यक्रम लागु पनि भएको छ ।

कृषकलाई व्यवसायिक रुपमा उत्पादन प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिक करण अन्र्तगत सुन्तला जोन कार्यक्रम धुर्कोट मदाने कालिगण्डी रेसुङ्गा, चन्द्रकोट, मुसिकोट, गुल्मीदरवार, छत्रकोट लगायतका स्थानिय तहको क्षेत्रमा पकेट क्षेत्र घोषणा भएको छ । सोहि कार्यक्रमले गर्दा पनि पछिल्लो समय यता व्यवसायिक रुपमै बिरुवा उत्पादन गर्ने नर्सरीहरु खोल्ने क्रम बढेको छ ।

सुन्तला जोन कार्यक्रम अन्तर्गत सुन्तला, कागती, मौसमका ३० हजार भन्दा वढि बिरुवाहरुको माग भए अनुसार बितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण सुन्तला जोनका कृषि प्राबिधिक श्रीप्रसाद यादवले बताउनु भयो । उहाँले सुन्तला जोन कार्यक्रम लागु भएका स्थानमा समुहमा सुचिकृत भएकाहरुलाई बिरुवा बितरण गरिदै आएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D