gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

निर्मलाले ल्याइन् ‘नभने बुढा ऋण लायो’ (भिडियो सहित)

अनिल खत्री
गुल्मी, साउन १२ । गायिक निर्मला भण्डारीको तिज गीत कोसेली सार्बजनिक भएको । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउने दिन नजिकिए सगै गायिका भण्डारीले पनि यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर ‘नभने बुढा ऋण लायो’ बोलको तिज गीत सार्बजनिक गरेकी छन् ।

तिज गीतमा मौलिकता हराईरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन् । गायिका भण्डारीले पनि तिज पर्वमा गाइने बास्ताबिक गितलाई आफनो गीतमा उत्तार्ने प्रयास गरेकी छन् । तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने प्रचलन रहेको छ । पुरानो चलन अनुसार सासु बुहारीले दुख दिएका, माइत जान नपाएका, तिजमाा लगाउने लत्ता कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा तिज गीतमा बेदना पोख्ने प्रचल रहेको थियो ।

पछिल्लो समय भने फरक फरक तरिकाले गितहरु आउने गरे पनि यसवर्ष कलाकारले पुरानै शैलीलाई अपनाएर गित सृजना गर्ने गरेका छन् । गायिक निर्मलाको गीतमा पनि तिजमा लगाउने गरगहना किन्दा ऋण लायो नभन बुढा भनेर आफना श्रीमानलाई भनेको कथा बस्तुमा गीत रहेको छ । तिजमा माइत जाने र गहना किन्ने जस्ता गितमा मुख्य भाव रहेको छ ।

गीतमा तिज पर्व आयो माइत जाने दिन आयो शिरमा लगाउने सुनको शिरफुल किन्ने जस्ता गीतमा मुख्य कथा बस्तु रहेको गायिक निर्मलाले बताइन् । यायक एबं गितकार भगवान भण्डारीको लय शब्द रहेको गीतमा गायिका निर्मलाको एकल स्वर रहेको छ । आशिष म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको गितमा करिश्मा ढकालको मुख्य अभिनय रहेको छ ।
गितको पुरा भिडियो हेर्नुहोस:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D