gulminews logo
बिहीबार, २०८१ बैशाख १३

निरश चौरासी फाँटको हिलोमा चोबलिए इस्माली

टोपलाल अर्याल
गुल्मी, १६ असार । मध्य असार मुल फुटेर खोला तरि नसक्नु हुनुपर्ने । मानो रोपेर मुरी फलाउने किसान । ९० प्रतिशत अझै बेसी झर्ने मुडमा छैनन् । बेला ढिप्कीयो । पानीले ठग्यो । तर धान दिवसले पर्खिएन । लगभग सवै खेतमा रोपाई शुरु हुने इस्मा गाउँपालिकाको चौरासी फाँट । असार १५ को मध्यान्नसम्म निरस नै थियो । बिस्तारै पञ्चे बाजा घन्किन थाले । सुक्का खेत, कहाँ हो रोपाई गर्ने ? धेरै अन्यौल नै थिए । लेकको बादल लेकमै । तर गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टसहितको टोली खेत पस्यो ।

धान दिवस मनाउने भएकाले स्थानीयले खेत हिलाम्य बनाएका थिए । गाउँपालिका अध्यक्ष बिष्ट र उपाध्यक्ष बिमला केसीले रोप्न थाले । संगै पुगेका कांगे्रस नेतृ बिष्णु सापकोट, जिल्ला प्राविधिक कार्यालयका प्रमुख बैकुण्ठ अर्याल, कृषि विकास कार्यालयका प्रमुख चक्रपाणी पन्थी र गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेललाई खपीसक्नु भएन । शुरु भयो हिले घम्साघम्सी । खेतको आलीमा बसेका बाउसे र खेत झरेका रोपाहारबिच हिलेयुद्ध चलिरह्यो । अर्को कार्यक्रम ताकेका अध्यक्ष बिष्ट पनि के उम्कन्थे । गाउँपालिका उपाध्यक्षलाई पनि हिलाकै सिरफुल लगाइदिए । दगुरादगुर र छयापाछयाप । जिल्लादेखि गाउँका किसान दिउँसोभर हिलोमै रमाए ।

असार महिना भन्ने वित्तिकै मानो खाएर मुरी उब्जाउने समय भन्ने वुझछौ हामी नेपाली । कृषीमा आधारीत हाम्रो जीवनशैलि अनुसार असारमा दुखले धान रोपे वर्ष भरी खान पुग्ने उब्जनि हुने विश्वास छ । असार १५ ले पहाडि जिल्ला गुल्मीलाई पनि अछुतो राख्न सक्दैन । कृषिप्रधान हाम्रो मुलुकमा धान दिवसको आफ्नै महत्व छ । धान दिवसको आफ्नै महत्व भएपनि यसलाई सरकारी तथा विभिन्न गैर सरकारी संघसंस्थाहरुले गलत खर्च गर्ने संस्कारको रुपमा विकास भएकोमा किसानहरुको आक्रोस पनि उत्तिकै छ । धान दिवसको दिन किसानका साथै नेता, कलाकार लगायतले रोपाइँमा सहभागी भएर हिलो खेल्ने चलन छ । बिगतदेखि नै अन्य दिवसहरुलाई झै धान दिवसलाई पनि औपरचारिक मात्रै बनाईदै आएको छ ।

इस्मा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोखरेलले भने अर्थको अर्नथ नलगाउँदा असार १५ किसानसंग रमाउने दिन नै भएको बताउँछन् । उनले सामान्य समुहलाई व्यावस्थापन खर्च दिएको भएपनि आफुहरुले उनीहरुकै उत्साहमा आफुहरुले पनि खुसी थपेको बताए । जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले अहिलेसम्म जिल्लाभर १० प्रतिशत मात्रै रोपाई भएको बताए । उनले जिल्लाका धेरै खेतहरु आकाशे पानीकै भरमा रहेकाले प्रयाप्त बर्षा नभएका कारण किसान मर्कामा परेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D