gulminews logo
शनिबार, २०८१ बैशाख ८

नियम विपरीत यसरी कर उठाउँदै छ गुल्मीदरबार गाउँपालिका

अनिश शर्मा गैरे
गुल्मी । गुल्मीको एक स्थानीय सरकारले प्रदेश सरकारको निर्देशनविपरीत कर उठाउँदै आएको छ ।

प्रदेश नम्बर ५ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको बजेट भाषणमा प्रदेशभित्र रहेका सडकमा सवारी कर उठाउन नपाइने भनिए पनि गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भने सो निर्देशनविपरीत काम गरेको पाइएको हो । उक्त गाउँपालिकाले घुम्टी खज्याङ सडकमा वार्षिक पूर्वाधार उपभोग शुल्क भन्दै कर सकंलन गरेको छ । जुन प्रदेश सरकारले रोक लगाएको छ ।

प्रदेश सरकारको निर्देशनविपरीत गुल्मी दरबार गाउँपालिकाले उठाएको सवारी पटके करको रसिद ।

प्रदेश सरकारले कर उठाउन नपाउने निर्देशन गरेको भए पनि गाउँपालिकाले सडक कर सकंलन गरेको भन्दै सवारीधनीले पटकपटक गाउँपालिकाको कार्यालयमा उजुरी गरेको भए पनि कुनै सुनुवाइ नभएकोप्रति गाउँवासी पनि आक्रोशित छन् । देशभर करको चौतर्फी विरोध भइरहेका बेला तथा प्रदेश सरकारको निर्देशनविपरीत गाउँपालिकाले धमाधम कर सकंलन गरेको भन्दै सवारीधनीले गाउँपालिकाको विरोधसमेत गरेका छन् ।

प्रदेश सरकारले बजेटमै ५ नम्बर प्रदेशभित्रका कुनै पनि स्थानीय तहले कर उठाउन नपाउने भने पनि गुल्मी दरबार गाउँपालिकाले धमाधम सडक कर उठाइरहेको सवारीधनी विजय खनालले गुनासो गरे । “हाम्रो प्रदेशभित्रका कुनै पनि सडकमा कर उठाउन पाइँदैन भनेर बजेट भाषण आउने ?” खनालले भने, “प्रदेश सरकारको निर्देशनबिना गाउँपालिकाले आफूखुसी कर उठाउनु कस्तो अचम्म ।” उनले प्रदेश सरकारले बनाएको कानुनलाई गुल्मी दरबार गाउँपालिकाले गिज्जाइरहेको बताए ।

प्रदेश सरकारको निर्देशन थाहै भएन
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आफूलाई प्रदेश सरकारले गरेका निर्देशन जानकारी नभएको बताए । “हामीलाई कुनै आधिकारिक जानकारी आएको छैन,” उनले भने, “के रहेछ बुझेर अगाडि बढ्छौं ।” अधिकृत शर्माका अनुसार गाउँसभाले वार्षिक पूर्वाधार उपभोग भनेर सवारी पटके कर सकंलन गर्ने निर्णयअनुसार कर संकलन भने भइरहेको छ ।

जिल्ला समन्वय समिति गुल्मीका निमित्त प्रमुख जिल्ला समन्वय अधिकारी चोलराज शर्माले भने ५ नम्बर प्रदेश सरकारले स्थानीय सरकारलाई कुनै पनि सडकमा सवारी पटके कर उठाउन नपाइने परिपत्र गरेको बताए । “प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र र जानकारी पठाएको छ,” शर्माले भने, “सरकारबाट आएको परिपत्रलाई हामीले समेत जिल्लाका सबै स्थानीय तहलाई पठाएका छौं ।” उनले गुल्मीदरबार गाउँपालिकाले उठाएको सवारी पटके करको बारेमा बुझ्ने बताए । “खासकुरा के भइरहेको छ हामीले जानकारी लिन्छौं,” उनले थपे, “सवारी पटके कर सकंलन गर्नु सरासर नियमविपरीत हो, यदि यसो भएको छ भने उहाँहरूले तत्काल बन्द गर्नुपर्छ ।”

गाउँपालिकाले घुम्टी खज्याङ सडक खण्डमा वार्षिक पूर्वाधार उपभोग शुल्क भन्दै बस ट्रकबाट १ सय, मिनी बस ट्रकबाट ८० रुपैयाँ कर उठाउँदै आएको छ । त्यसैगरी ट्रयाक्टरबाट ७५ रुपैयाँ, जिप, कार, भ्यानबाट ५० रुपैयाँ कर असुल्दै आएको छ भने डोजरबाट १ हजार ५ सय रुपैयाँ उठाएको सवारीधनीहरूले बताएका छन् ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D