gulminews logo
बिहीबार, २०८० चैत्र १५

नारायण घर्तीको नयाँ दशै गीत “म परदेशी….” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, असौज १७ । हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिएको छ । टाढाटाढा रहेका आफन्त घर फर्कनुपर्नेमा रोजगारीका लागि परदेश पसेको छोरा नफर्केपछि एकतिर घरमा आमा रुने र अर्कोतिर छोरा, यो धेरै नेपालीहरुको बाध्यता हो ।

यही बाध्यतालाई गीती लयमा उनेर कलाकार नारायण घर्तिले दँशैमा घर फर्कन नपाएका परदेशीहरुको कथा व्यथा समेटिएको गीत म परदेशी सार्वजनिक गरेका छन् ।

परदेशबाट छोरो आउने आशामा बसेकी आमालाई आउन सकिन, बाटो नहेर्नु भनेर आमालाई सन्देश पठाइएको विषयमा गीतमा समेटिएको छ ।

नारायण घर्तीको शब्द रचना र स्वर रहेको गीतमा गोबिन्द न्यौपानेको लय रामचन्द्र चन्दको सङीत संयोजन रहेको छ।

परदेशिएको छोराको भूमिकामा पछिल्लो समयका भाइरल अर्जुन बि.क. र आमाको भूमिकामा चर्चित कलाकार रमा थपलियाको जीवन्त अभिनय रहेको सो गीतको म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन अनि सुरेस श्रेष्ठको छायांकन रहेको छ ।

आज्ञा क्रिएसनमार्फत बजारमा आएको उक्त गीतकाे म्युजिक भिडियो रामचन्द्र चन्दको युट्युव च्यानलबाट सोमबार बिहान सार्वजनिक भएपछि दर्शकले निकै राम्राे प्रतिकृया दिएका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D