gulminews logo
शुक्रबार, २०८० चैत्र १६

नवप्रतिभा वचत तथा ऋण सहकारीले अन्तरक्रिया गरेर २४ औं वार्षिकोत्सव मनायो

कमल पौडेल
खर्वाङ, ११ असोज । नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङले २४ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सञ्चालक समिति, लेखा समिति एवं विभिन्न उपसमितिहरुको संयुक्त अन्तरक्रियामा लेखा समिति संयोजक नरिश्वर खरेल, पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद खरेल, विष्णु प्रसाद खरेल, अनुगमन उपसमितिका संयोजक शिवलाल वन, शिक्षा उपसमितिका संयोजक कमल पौडेल लगाएतले वर्तमान अवस्थामा सहकारीको भूमिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रम अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

२०५४ सालमा स्थापना भएको यस क्षेत्रकै पुराना सहकारीको रुपमा स्थापित नव प्रतिभा वचत तथा ऋण सहकारीले हाल १७ करोड वढिको कारोवार गर्दै आएको छ। बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका लगाएतका क्षेत्रमा सेवा विस्तार गरेको सहकारीका २ हजार वढि सदस्य रहेका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D