नमुना माविमा नमुना काम: शिक्षक तथा विद्यार्थीहरुलाई “ह्यण्ड राईटिङ” तालिम

कमल पौडेल
बडिगाड, २० बैसाख । त्रिभुवन नमुना मावि खर्वाङमा हस्तलेखन तालिम सम्पन्न भएको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको लागी प्रशिक्षक वोलाएर १५ दिने हस्तलेखन (ह्यण्ड राईटिङ) तालिम संचालन गरिएको थियो ।

पर्वतबाट आएका प्रशिक्षक गोविन्द गौतमले दुई सातामा शिक्षक तथा विद्यार्थीहरुको हस्तलेखन कलाको विकास भएको बताउनुभयो। विद्यार्थी तथा शिक्षकहरुको हस्तलेखन आकर्षक र प्रभावकारी गराउनको लागी तालिम संचालन गरिएको प्रधानाध्यापक ढालमणि भण्डारीले वताउनुभएको छ ।

विदाको दिनमा शिक्षकहरुलाई र अन्य दिनमा विद्यार्थीहरुलाई सो तालिम दिइएको हो । तालिम पछि शिक्षक तथा विद्यार्थीहरु उत्साहित भएका छन् । प्रशिक्षक गौतमले निजि केहि विद्यालयले यस प्रकारको तालिम संचालन गर्ने गरेको भएपनि सामुदायीक विद्यालयमा पहिलो पटक तालिम दिएको बताउनुभएको थियो । तालिमको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख समेत रहनुभएका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिकाका शिक्षा अधिकृत कृष्णराज रेग्मीले अनुगमन समेत गर्नुभएको थियो ।

तालिमको अन्तिम दिन शुक्रवार शुक्रवारिय कार्यक्रम अन्तरगत हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ । जस अन्तरगत पूर्व प्राथमिक तहतर्फ कक्षा ३ कि पवित्रा राना प्रथम, कक्षा २ कि दिपा वुढाथोकी द्धितिय र कक्षा २ कै निश्चल शेरचन तृतिय भएका छन्। त्यस्तै प्राथमिक तह तर्फ कक्षा ५ का सिम्रन राना प्रथम, कक्षा ४ का सविना वेगम द्धितिय र कक्षा ४ कै सिर्जना राना तृतिय भएका छन् ।

त्यस्तै आधारभुत तह तर्फ कक्षा ८ कि निसा आचार्य प्रथम, कक्षा ६ कि पायल घर्ति द्धितिय तथा कक्षा ७ का आसिर्वाद घर्ति तृतिय भएका छन्। त्यस्तै माध्यमिक तह तर्फ कक्षा नौ कृषि धार तर्फका समिर काउचा प्रथम, कक्षा १० का सुस्मीता थापा द्धितिय तथा कक्षा १० कै समसुलक अलि तृतिय भएका छन्। अंग्रेजी माध्यम तर्फ तहगत र नेपाली माध्यम तर्फ कक्षागत रुपमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D