gulminews logo
मंगलवार, २०८१ बैशाख ४

धार्मिक महोत्सवको २ दिनमै १ करोड आर्थिक संकलन

कौरव खत्री
मंसिर ९, बागलुङ । बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवमा नगद १ करोड आर्थिक सहयोग संकलन भएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थित सञ्चालन भइरहेको पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सवको दोश्रो दिन अर्थात बुधवारसम्म नगद १ करोड आर्थिक सहयोग संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने उद्देश्य सहित सञ्चालन भइरहेको धार्मिक महोत्सवमा ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो ।

२०२५ सालमा स्थापित लक्ष्मीनारायण मन्दिरमा गत मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन भैरहेको छ ।

धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु सञ्चालन भैरहेको महायज्ञ समितिले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D