“द भ्वाइस अफ नेपाल”को ग्रान्ड फिनाले कतारमा हुँदै

कुमार अविरल
दोहा । अन्तर्राष्ट्रिय स्तर मै ख्यातिप्राप्त फ्रेन्चाइज सो “द भ्वाइस अफ नेपाल”को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । कार्यक्रम आगामी १४ डिसेम्बर २०१८ का दिन कतार स्थित एसियन टाउन एम्पीथिएटरमा हुने भएको हो ।
कार्यक्रमका बारेमा जानकारी दिन बिहिवार राती आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोजक ग्रिन ग्रास याक एण्ड यति कन्ट्राक्टिङ कतारका सञ्चालक प्रविन गुरूङले सनैया स्थित एसियन टाउन एम्फिथिएटरमा हुने कार्यक्रमलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

“द भ्वाइस अफ नेपाल” नेपालीहरुको ढुकढुकी अहिले सबैको मन जित्न सफल रहेको कार्यक्रम हो । प्रत्यक्षदर्शी बनी कार्यक्रम हेर्न अवसर पाउनु हामी कतार बासी नेपालीहरुमा गर्वको कुरो हो । त्यसैले नेपाली कलाकारिताको जर्गेना र नयाँ प्रतिभाको प्रवर्द्धन सहित नेपाली सांगितिक कार्यक्रमको मनोरञ्जन लिई कार्यक्रमलाई भव्यरुपमा सफल वनाउनु हाम्रो कर्तव्य पनि हो ।

“द भ्वाइस अफ नेपाल” ग्राण्ड फिनालेमा सुरक्षा व्यवस्था पनि निकै कडाई गरिएको छ । सो कार्यक्रमका लागि १६० जना प्रहरी र ३०० जना सेक्युरिटी परिचालन गरिने र भि आईपी गेष्टहरुको लागि विशेष सुरक्षा सहित ब्यवस्थापन गरिएको तथा आम दर्शकलाई सहज वातावरणको लागि प्रवेश गेट १ बजे देखि नै खोलिने आयोजकले जनाएको छ ।

दर्शकको सुविधाको लागि कतारमा रहेका नेपाली रेष्टुरेन्ट, कार्यक्रम आयोजना स्थल ग्रान्ड मल, सफारी मार्केट तथा अन्लाईनमा ई–टिकटबाट समेत टिकट खरिद गर्न सकिने भएको छ । उक्त कार्यक्रम स्थल भित्र नेपाली बजार तथा फास्टफुड स्टल समेत रहने बताईएको छ ।

कार्यक्रममा एनआरएन आइसिसी मानार्थ सदस्य नरेन्द्र भाट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मिया, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई लगाएतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नारायण समाजसेवीले गरेका थिए ।

आयोजकका अनुसार ग्रान्ड फिनालेमा कोचहरु दिप श्रेष्ठ, प्रमोद खरेल, अभाया सुब्बा, सनुप पौडेल अन्तिम ८ मा पुग्ने प्रतियोगी तथा सबैको मन जित्न सफल सारङ्गी बाधकद्वय तिजिन्द्र गन्धर्व र वर्ता गन्धर्वको प्रस्तुति रहनेछ । पहिलो द भ्वाइस अफ नेपाल बिजेताले नगद २५ लाख, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउने भएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D