“दोहोरी ब्याटल २” सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपालमा र कतारमा ट्रेण्डिङमा (भिडियो सहित)

सन्जु काउछा
चैत २३ । बहुप्रतिक्षित दोहोरी ब्याटल २ सार्वजनिक भए लगत्तै नेपाल भित्र र नेपाल बाहिर ट्रेण्डिङमा आएको छ । चर्चित गायक तथा सर्जक प्रकाश सपुतको ब्याटल धमाका “दोहोरी ब्याटल २” युट्युब मार्फत सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपालमा ट्रेण्डिङको २ नम्बरमा आउन सफल भएको हो । त्यस्तै यो ब्याटलले २४ घण्टा भित्रै देश बाहिर पनि ट्रेण्डिङमा आउने नेपाली गीतको रुपमा रेकर्ड राख्न सफल भएको छ । दोहोरी ब्याटल २ ले अत्याधिक नेपालीहरु रहेको प्रवासी भुमी कतारमा २० नम्बरमा ट्रेण्डिङमा रहन सफल भएको हो ।

यसलाई दोहोरि ब्याटल १ को भन्दा बढी मेहनत अनि अझ राम्रो बनाएको गायक प्रकाश सपुतले बताएका छन्।
बोलमाया, चरर बरर धरर, मुखैमा चिनी, दोहोरी ब्याटल लगायत बिभिन्न गीतहरुबाट श्रोता दर्शकहरुको मनमा बस्न सफल प्रकाशले “दोहोरी ब्याटल २” ले फेरी संगीतको माहोल तताएको छ । प्रकाश सपुतको शब्द संगीत रहेको उक्त गीतमा प्रकाश सपुतकै आवाज रहेको छ भने गायिका प्रीती आलेको दम्दार आवाजले सजिएको छ । धेरै श्रोता दर्शकको v प्रतिक्षाको दोहोरी ब्याटल २ ले निक्कै राम्रो सन्देश दिएको छ ।

पहिलो दोहोरी ब्याटल केही बिवादित भएपनि निक्कै चलेको र सबैले रुचाईएको थियो । दोहोरी ब्याटल २ का शब्दहरु अलि दुई अर्थ लाग्ने खालको भएपनि दिन खोजेको सन्देश भने राम्रो छ । बढ्दो सम्बन्ध बिच्छेदको घट्नालाई गीतमा उतारेर समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध घमण्ड, गलत बुझाई, अबिश्वास र देखासेखीले गर्दा टुट्ने गरेको कुरालाई उठानगरि सम्बन्धलाई बलिलो र दिगो बनाउन घमण्ड नगरी एकले अर्कोलाई बिश्वास तथा बुझेर गल्तहिरुलाई सुधारेर सम्बन्धलाई बलियो बनाउनस पर्छ भन्ने कुरालाई जोड दिईएको छ ।

प्रकाश आफैले निर्देशन गरेको उक्त गीतको भिडियो प्रकाशले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।बागलुङ धम्जामा जन्मेका सपूत नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक, संगीतकार, निर्देशक तथा शब्द संकलक हुन् ।

हेरौ दोहोरी ब्याटल २ को भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D