gulminews logo
शनिबार, २०८१ बैशाख १५

देवानी संहिताको पहिलो प्रयोगः पुरुषले दिए सम्वन्ध विच्छेदको मुद्धा

प्रेम सुनार

बुटवल । बागलुङमा आफु खुशी माईत बस्ने, सरसल्लाह र सम्पर्कमा नआई सताउँदै आएकी एक महिलासंग पिडित भएको भन्दै एक जना पुरुले सम्वन्ध विच्छेदको मुद्धा अदालतमा दिएका छन । बागलुङ नगरपालिका वडा नं ८ बस्ने जित बहादुर थापाले आफ्नी श्रीमती संग सम्वन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दिएका हुन ।

आफुलाई ४ वर्ष भन्दा बढि समय देखि जानकारी नदिई आफु खुसी बसेको, बोलाउदा नआएको भन्दै बागलुङ जिल्ला अदातलमा सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउन आएको उनले बताए । आफु हाल विदेशमा भएको, नेपालमा जागीर हुदाँ पनि श्रीमतीको कारणले जागीर छाड्नु परेको । श्रीमतीले घर तथा ब्यवहार नहेरी आफुखुसी बस्दै आएकीले अन्यायमा परी सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको मुद्धामा उल्लेख गरिएको अदालत श्रोतले जनाकएको छ ।

नयाँ मुलुकी संहिता लागु भए पछि पुरुषले पनि सिधै अदालतमा गएर श्रीमती उपर सम्वन्ध विच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकारको ब्यवस्था भए सँगै जिल्ला अदालत बागलुङमा आई सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेको यो नै पहिलो मुद्दा हो ।

यस अघि सिधै अदालतमा आई मुद्वा दर्ता कानूनी ब्यवस्था थिएन । मुलुकी देवानी (संहिता) २०७४ को दफा ९४ क र ख का आधारमा जित बहादुरले यो मुद्दा दर्ता गरेका हुन ।

अधिवक्ता राम शर्माले बागलुङ जिल्लामा श्रीमानले श्रीमतीलाई सिधै अदालतमा आई सम्वन्ध विच्छेद मुद्दा दर्ता गरेको यो पहिलो घटना भएको र कानूनमा भएको ब्यवस्था अनुसार पुरुषले पनि सम्वन्ध विच्छेद गर्न अदालतमा जाने अधिकार भएकाले यो मुद्दा आफुले लेखेको बताए ।

२०७५ भदौ १ गते देखि नयाँ कानून मुलुकी संहिता ऐन, कार्यविधी, मुलुकी फौजदारी संहिता ऐन तथा कार्यविधी लागु भए पश्चात जिल्ला अदालत बागलुङमा दर्ता भएको पहिलो मुद्दा भएकाले जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाश प्रसाद पण्डित र श्रेस्तेदार राम बहादुर थापाले फुल तथा अवीरले स्वागत गरेका थिए।

देवानी र फौजदारी संहिता लागु भए पश्चात बागलुङमा मुद्दा परेका थिएनन । यो सम्वन्ध विच्छेद मुद्दा सगै बागलुङ नगरपालिका वडा नं २ का व्यवसायी उमेश केसीले चेक अनादर मुद्दा पनि दर्ता गराएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D