देउसीँभैलोको रकम सामाजिक कार्यमा

हुमाकान्त पोखरेल
गुल्मी, ०९ कार्तिक । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ स्थित भगभति सोसाईटी युवा क्लवले देउसीँ भैलो खेलेर उठेको रकम गाउँकै विकासकै लागि खर्च गर्ने भएको छ । उसले गाउँमै विभिन्न कार्यक्रमहरु हुँदा चाहिने स्थानको लागि टेन्ट र साउण्ड सिस्टम किन्ने भएको हो । ‘भैलो खेलेर रमाइलो त भयो नै, संकलित रकमलाई गाउँकै विकासमा सदुपयोग गर्न खोजिएको हो ।’

क्लवका अध्यक्ष सागर बेलवासेले भने, ‘गाउँमै दुई कोठा बराबरको टेन्ट राख्ने भएका छौ ।’ विवाह, पार्टी लगायतका कार्यक्रम हुँदा उक्त स्थान प्रयोग गरिने क्लवले जनाएको छ । कुल संकलित रकम एक लाख पाचँ हजारमध्ये ७० हजार बराबरको टेन्ट राख्ने क्लवले जनाएको छ । यस्तै क्लवले विगतका बर्षहरुमा पनि देउसीँ भैलोबाट संकलित रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गरेको थियो । गत बर्ष गाउँकै विभिन्न पधेँराहरु संरक्षण गरेको थियो । २०७३ सालको देउसीँ भैलोबाट संकलित रकमबाट छत्रदेव ७ स्थित सुपादेउराली मन्दिरमा खानेपानीका धारा निर्माण गरेको अध्यक्ष बेलवासेले जानकारी दिए । सोहि बर्ष नै उक्त मन्दिरको विकासका लागि ६० हजार रकम सुपादेउराली मन्दिरको लागि प्रदान गरेको उनले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D