Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
दुई दशकदेखि बंगुरपालनमा रमाएका चक्र बहादुर, बार्षिक साढे चार लाख कमाउँछन् - Gulminews

दुई दशकदेखि बंगुरपालनमा रमाएका चक्र बहादुर, बार्षिक साढे चार लाख कमाउँछन्

टोपलाल अर्याल
गुल्मी, १३ असोज । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेका ४९ बर्षीय चक्र बहादुर घर्ति मगर बिहान सवेरै उठ्छन् । उनी सानैदेखि श्रमजिबी हुन् । अहिले झन् जनप्रतिनिधी भएका छन् । उनी बिहान उठेदेखि राति अवेरसम्म निकै व्यस्त छन् । घर्तिमगरले बंगुरपालन गर्न थालेका दुई दशक बढि भए । उनको फर्ममा ३० माउ र पाठापाठी छन् ।

केहि समय पहिले ५० बटासम्म बंगुर पाले । उनले ०७० सालमा फर्मनै दर्ता गरेर व्यावसायीक रुपमा बंगुरपालन गरेका छन् । उनले पछिल्लो समय बगुंरको मासु बिक्री हुन छोडेपछि कम पाल्न थालेका छन् । अहिले बंगुरको बजार मुल्य प्रतिकिलो चार सय र पाठापाठीको पाँच हजारदेखि ६५ सय रुपैयाँ पर्छ । चोक्कर, ब्राण्ड र प्लेट दाना खुवाउनुपर्ने भएकाले खर्च पनि उत्तिकै रहेको छ ।

बंगुर जन्मिएको आठ÷नौ महिनामै कम्तिमा एक सयदेखि डेढ सय किलो हुने गर्दछ । त्यसैले समयमै बिक्री गर्नुपर्ने उनीसंगै चुनौती रहेको छ । गाउँ र तम्घासमा मासु बिक्री गर्ने गरेको घर्तिमगरले बताए । उनले बर्षमा खर्च कटाएर चारदेखि साढे चार लाख आम्दानी गर्ने गरेका छन् । बंगुरसंगै मेडिकल र मील पनि गर्दै आएका छन् । उनले समयकम कारण अहिले मेडिकललाई कम प्राथमिकता दिन थालेका छन् ।

बिहानदेखि साँझसम्म कुटानी पिसानी गर्नेहरुको पनि राम्रो उपस्थिती हुने गरेको छ । उनको परिश्रम अनुसार छोराछोरीले पनि राम्रै गरेका छन् । ठुली छोरी स्टाफ नर्स छन् । छोराले फार्मेसी अध्ययन सकेर बसेका छन् । भर्खरै वडा सदस्यमा निर्वाचित घर्तिमगर गाउँका सामाजिक काममा उत्तिकै व्यस्त छन् । भुगोल अनुसार साविकका तीन वडा हेर्न पर्ने र वडा तथा गाउँपालिका धेरै टाठा भएकाले काममा नागरिकसंगै जनप्रतिनिधीलाई समेत सास्ती भएको घर्तिमगरले बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D