gulminews logo
शनिबार, २०८१ बैशाख १५

भार्सेमा प्याराग्लाइडिङको व्यावसायी योजना, गाउँकै दुई युवा पाइलट बन्दै

टोपलाल अर्याल
गुल्मी ६ जेठ । जिल्लामा संभवत भार्सेमै पहिलो प्याराग्लाइडिङको परिक्षण उडान गरिएको थियो । त्यसपछि विभिन्न स्थानीय तहमा पनि प्याराग्लाइडिङको परिक्षण गरिएको छ । गुल्मीका अधिकांश स्थान प्याराग्लाइडिङको लागि उपयुक्त भएपनि व्यावसायीक उडान कसैले गरेका छैनन् । तर, भार्सेका दुई युवा भुवन पुन र सुशील थापाले गाउँमै व्यावसायीक प्याराग्लाइडिङ उडानका लागि एक बर्षदेखि प्रशिक्षण लिइरहेका छन् । उनीहरुले स्याङजाको द बाबु एडभेञ्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुलमा पढ्ने र उड्ने काम गरिरहेका छन् ।

अहिले उनीहरु दुई हजार एक सय २० मिटर उचाईमा रहेको जमादी डाँडाबाट भार्सेको आकाशमा उड्छन् । ‘भार्सेमा प्याराग्लाइडिङको संभावना प्रचुर रहेको छ । गाउँमै जनशक्ति नभएसम्म व्यावसायीक रुपमा अगाडी बढ्न गाह्रो छ,’भुवनले भने,‘कोर्ष पुरा गरेपछि गाउँमै फर्किएर उडान गर्छौ ।’ अहिलेपनि थुप्रै पर्यटक प्याराग्लाइडिङ गरेर भार्से आउने गरेका छन् । चार बर्षदेखि संचालनमा रहेको होमस्टे, त्यहाँका नागरिको एक मन, कला संस्कृती र पर्यटकीय क्षेत्र निर्माणको कारण प्याराग्लाइडिङ व्यावसायीक रुपमा संचालन भार्सेमा संभावना रहेको छ ।

प्याराग्लाइडिङको मोहको कारण पर्यटकले आनन्द दिने गाउँ, गाउँका परिकार, सोरठी, कृष्ण चरित्र र ठाडो भाका छदैछन् । बहुमुल्य अगरउडको व्यावसायीक खेति, किवि खेती, विभिन्न खानी र निर्माणाधिन बौद्ध स्तुपाले भार्से अझै मनमोहन बन्दै छ । नागरिक स्तरबाट भएका काम र गाउँका युवाहरुको सक्रियता बाहिरबाट जानेहरुको अध्ययनको लागि महत्वपूर्ण हुन सक्छ । त्यस्तै गोर्खा ग्यालरी पनि भार्सेको इतिहास बुझ्नेहरुको लागि र सोध अनुसन्धान गर्नेहरुको लागि राम्रो गन्तव्य बन्न सक्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D