गुल्मी, कार्तिक १४ । गुल्मीमा जन्मेर हाल जिल्ला बाहिर कार्यरत एक डाक्टरले आफ्नो गाउँको लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थाई घर भई हाल दाङ अस्पतालमामा कार्यरत डा. आकाश पोखरेल आफ्नो गाउँको जैसिथोक स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ पोखरेलले गर्भवतीको महिलाको बच्चाको ढुकढुकी थाहा पाउने मेसिन, दमरोगीको लागि बाफ दिने मेसिन, शरिरमा अक्सिजनको मात्रा तथा मुटुको ढुकढुकी जाँच्ने मेसिन गाउँको स्वास्थ्य चौकिलाई पठाएका हुन् ।
त्यस्तै उनले सुगर जाँच गर्ने मेसिन पनि पठाएका छन् ।