gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दशैमा थानेश्वर गौतमले फिनल्यान्डमा मच्चाए धमाका

हेल्सिन्की । नेपाली संगीत क्षेत्रका चर्चित गायक थानेश्वर गौतमले फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजित सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । यतिबेला युरोपको सांगितिक भ्रमणमा रहेका गौतमले दसैंको अवसर पारेर फिन्निश-नेपाली समाजले आयोजना गरेको दशै बिशेष साँस्कृतिक कार्यक्रममा आफ्नो धमकेदार प्रस्तुती दिएका हुन् ।

दशैंकै दिन आयोजित कार्यक्रम फरक-फरक शैलीको संगीत मार्फत सांगितिक प्रभाव जमाउदै आएका गौतमले गजल, सालैजो, रोइला, पन्चेबाजा देखि चलचित्र अनि भजन सम्म सबै बिधाका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए ।
thaneshwor gautam
प्रमुख अतिथीको रुपमा रहेका गौतम जब स्टेजमा चढे हल नै हलचल हुने गरी धमाकेदार प्रस्तुती शुरु गरे । गौतमलाई दर्शकहरुको नाच र तालीले निकै हौसाएको थियो । त्यस्तै फिनल्यान्डमा रहेका चर्चित गायक नबिन भट्टराईले पनि आफ्ना नयाँ गीतहरु मार्फत महोल तताएका थिए । चर्चित नायिका प्रियांका कार्कीलाई पहिलोपटक लोकदोहोरीमा नचाएर चर्चा बटुलेका भट्टराईको प्रस्तुतिमा पनि दर्शक झुमेका थिए ।

थानेश्वर गौतमका बिभिन्न बिधाका गीतहरु देशबिदेशका कार्यक्रमहरुमा निकै रुचाइन्छन् । उनका चर्चित गीत गाजल लगाइनछ्यौ, स्याङ्जा गएँ पाल्पा गएँ, सालैजो मार्यो नि मायाले, छम छम्ती पाउजुहरु बजाएर, घुुम्टे मुनि कौलेनी, मेरो गाउँ घर याद आइरहन्छ पन्चेबाजा जस्ता गीतले दर्शकहरु निकै उत्साहित भएर छम्छमी नाच्ने गर्दछ्न । अहिले युरोपको सांगितिक भ्रमण मा रहेका गौतम ले जर्मनी, बेल्जियम, नर्बे, इटाली, पोर्तुगल, लक्जम्बर्ग लगायत धेरै देशमा सांगितिक प्रस्तुती दिईसकेका छन् भने स्विडेन, डेन्मार्क लगायतका देशमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । कलाकार गौतम युरोपको सांगितिक कार्यक्रम सकेर अक्टोबर १० तारिक नेपाल फर्कने गुल्मीन्युजलाई जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D