gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दर्शक स्रोतालाई झस्काउँदै गीतकार मिन दर्लामी

अनिल खत्री
गुल्मी, पुस ११ । लोकदोहोरी क्षेत्रमा निकै लोकप्रियता कमाएरका गीतकार एबं गायक मिन दर्लामीले साँगीतिक क्षेत्रमा बेला बेलामा दर्शक स्रोतालाई झस्काउने गरेका छन् । झण्डै १० वर्षे लामो साँगितिक अन्तरालमा अलि पातलो अर्थात फ्याट फुट्ट गीतहरु निकालेर र्दशक स्रोतालाई झस्काउने गरेका छन् । साँगीतिक क्षेत्रमा निकै लामो समय सम्म चर्चित गीतहरु ल्याएका गीतकार दर्लामीले बेलाबखतमा गीतहरु निकालेर दर्शक स्रोतालाई झस्कीउने गरेका हुन् ।

साँगितिक क्षेत्र केहि योगदान दिएर बिदेशमा कर्मथलो बनाएका दर्लामीले दर्जनौं गीतहरुमा लय शब्द दिएर छन् । पछिल्लो १० वर्ष यता भने उनले कमै गीतहरु ल्याउने गरेका छन् ।
तर उनले ल्याउने गीतहरु एउटा सन्देश मुलक र मायाँ प्रेममा आधारित ल्याउने गरेका छन् । नेपाली लोकदोहोरी गीत संगीतलाई कुनै समय एउटा उचाई सम्म पुर्याउन लोकदोहोरी गीत संगीत प्रेमी दर्शक श्रोताको लागि उत्कृष्ट सृजनाहरु ल्याएर धेरै संगीत प्रेमीको माझमा बस्न सफल भएका छन् ।

दर्लामीले हालै एउटा दोहोरी गीत ‘नभन न नाई नाई भनेर’ गीत सार्बजनिक गरेका छन् । गीतमा लाखौ नेपालिहरुले आफ्नो जन्म भुमि ,जन्म दिने आम , प्राण भन्दा पनि प्यारो जन्म भुमी छोडेर जानु पर्ने बाध्यतालाई बथा बस्तुमा समेटर सार्बजनिक गरेका छन् ।

परदेशिनु परेको बाध्यतालाइ गीतको माध्याम बाट ल्याएको गीतकार दर्लामीले बताए । गायक खुम अधिकारी र विष्णु माझिको सुमधुर आवाज रहेको यस लोकदोहोरी गीतको लय तथा शब्द सृजना मिन दर्लामी आफैले गरेका छन् । गीतकार दर्लामीले विगतका दिनहरुमा सांगितिक बजारमा ल्याएका आलु परौठा,जोर संख फुकेर, अल्लारे ठिटो, मस्र्याङदीमा फूल बगाम भो, मनै छैनर,मत ज्युदै छु, सिलाइदिउला भोटो, सुन मेरो साथी लागायत दर्जनौ गीतहरु अझै पनि उत्तिकै चर्चामा छन् ।

दर्लामीले आफ्ना सृजनाहरू आफ्नै छोरा छोरी जस्तो प्यारो लाग्ने बताए । उनले भने ‘जसमा अनगिन्ती परिश्रम गरिएको हुन्छ अनि मात्र सृजनालाई अन्तिम रूप दिईने गर्दछ ।’ हामी दुई खुमन र म मिन जहिले देखी अर्थात जोर शँख फुकेर बाट सँग सँगै काम गर्न लाग्यौ दर्लामीले भने ‘तब देखी हामीले गीत यस्तो होस ताकी सुन्ने र हेर्नु हुने सबैको मन मुटुमा सिधै छुने प्रयास गरोस भनेर कोशिस गर्ने गर्दछौ ।’
उनले यस पटक पनि हामीले पुरानै शैलीलाई बिशेष प्राथमिकता दिदै नयाँ धारका गीतहरूलाई केही बेरलाई गीत मार्फ बिर्साउने कोशिस गरेको बताए । यस गीतमा पनि बिगत १० बर्ष देखी कै पुरानो जोडी खुमन अधिकारी र बिस्नु माझीको सुमधुर आवाजले गीतलाई जिवन्त दिएको छ ।

गीतकार दर्लामीले भने ‘आज भन्दा १० बर्ष अगाडी जोर शँख फुकेरको म्युजिक भिडियोमा काम गर्दा नयाँ अनुहार रन्जिता गुरूँग र पुष्कल शर्मालाई प्राथमिकता दिँदै गर्दा हामीले बाजी थापेर सुर(ताल म्युजिकसँग काम गरेका थियौ ।’ त्यसको परिणाम आज रन्जिता गुरूँग र पुष्कल शर्मालाई गीत सँगीतको आज सम्म अबसर दिई रहेको छ दर्लामीले भने ‘आशा गरौ फेरी पनि नयाँ अनुहार लोमस शर्माले पनि नयाँ बिरूवा रोपी दिएका छौ ।’

नयाँ बिरूवालाई मल जल गरेर हुर्काउने फुलाउने र फलाउने काम तपाई दर्शक स्रोताहरूको हातमा रहेको गीतकार दर्लामीकोले बताए । उनले आफना साँगीतिक कोसेली मार्फत नयाँ कलाकारहरु पनि स्थापित गर्न आफनो उदेश्य रहेको बताए ।

गीत संगीतमा नसा बसेकाले अब यसबाट अलग हुन नसक्ने दर्लामीको भनाई रहेको छ । बिशेष कारणले नेपाल भन्दा बाहिर रहेपनि गीतसंगीतमा आफु सधै नेपालमै रहेका आभाष भएको बताए । लोक दोहोरीमा धेरै योगदान दिएकाले अब यसबाट अलग हुननसक्ने दर्लामीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D