Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तुरतुरे तालको पानीले मध्ये पहाडी लोकमार्ग बगाउँदा तिनवटा स्थानियतह सम्पर्क बिहिन - Gulminews

तुरतुरे तालको पानीले मध्ये पहाडी लोकमार्ग बगाउँदा तिनवटा स्थानियतह सम्पर्क बिहिन

अनिल खत्री
२१ साउन, गुल्मी । गुल्मी सिमाना र बाग्लुङ जिल्लाको तुरतुरेमा पहिरोले खोला थुनिएर बनेको कृतिम ताल फुटेर मध्ये पहाडी लोकमार्ग अबरुद्ध बनेको छ । करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको छैन् ।

तालको पानी सबै बगेर नदि पुरानै स्थीतिमा बग्न थालेको स्थानिय सञ्चारकर्मी राम सुवेदीले बताए । बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका वडा नम्बर ७ र डोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो ।

सोमबार ताल फुटेर मध्ये पहाडी लोकमार्ग बाटो बगाउँदा गुल्मीहुँदै बाग्लुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको छ । ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठे अन्र्तगत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो समेत बगाएको छ ।

बाटो अबरुद्ध भएपछि त्यस स्थानमा खाद्यान्न लगायत अरु उपभोग्य सामाग्रीको अभावहुँने देखिएको छ । बाटो अबरुद्ध हुँदा तिनवटा स्थानिय तह निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, डोरपाटन नगरपालिकामा जाने सडक पूर्ण रुपमा बन्द भएको छ ।

बाटो बन्दा हुँदा बुर्तिबाङमा सवारी साधनहरु अलपत्र परेका छन् । बुर्तिबाङ पुग्ने सवारी साधानहरु प्नि बिच बाटोमै अलपत्र परेका छन् । बाटो मर्मत गर्न धेरै समय लाग्ने देखिएको छ । गत वर्षको भदौमा पहिरोले बनेको ताल एक वर्षपछि फुटेको हो ।

गत वर्ष पनि पहिरोले तालसँगै मध्यपहाडी लोकमार्ग अबरुद्ध बनाउदा झण्डै २ महिनापछि सडक सुचारु ग्रिएको थियो । बाटो बगाउँदा त्यस स्थानका स्थानियलाई पैदन यात्रा गर्न पनि बन्द भएको छ । बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानियलाई सास्ती भएको छ । सडक अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विषयमा आयोजनाका इञ्जिनियरहरुसँग परामर्श भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बताए ।

सडक सुचारु ग्र्न तिनवटा स्थानिय तहका प्रमखहरु लागि परेतापनि सडक खुलाउन धेरै समय लाग्ने स्थानिय सञ्चारकर्मी राम सुबदीले बताए । ताल फुटेपछि नदि किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका थिए ।

गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D