तारा सापकोटाको “अब आउनेलाई……” बोलको गीत सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
भदौ २३ । तारा प्रसाद सापकोटाको मौलिक तीज गीत सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा युरोपेली मुलुक फिन्ल्यान्डमा रहेका सापकोटाले तीजको पुर्व सन्ध्यामा “अब आउनेलाई…..” बोलको गीत सार्वजनिक गरेका हुन् ।

“बोल माया……” बोलको गीत गाएर चर्चाको चुलिमा रहेकी गायिका शान्ती श्री प्ररियार र गायक माधव खड्काको आवाज रहेको उक्त गीतको शब्द तथा संगित सपकोटाको रहेको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गुल्मी मुसिकोटका सापकोटाले आफ्नो पहिलो तिज कोसेली सार्बजनिक गरेका हुन् ।

छोटो समयमा नेपाली समाजका आएको सामाजिक, आर्थिक परिवर्तन र त्यससँगै जोडीएका बिबिध पक्षहरुलाई ब्यांग्यात्मक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

ओबिजी ईण्टरटेन्मेण्टको प्रस्तुती रहेको उक्त गीत शुक्रबार बेलुका ओबिजी ईण्टरटेन्मेण्टको अधिकारिक यूटुब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ ।

पछील्लो समय काउली बुढीको रुपमा चिनिएकी सन्ध्या बुढा, ओबी रायमाझी र टिका जैसीको अभिनयमा गीतको म्युजिक भिडियो पनि तैयार पारिएको छ । बिभिन्न प्राविधिक कारणहरुले गर्दा तीजको सँघारमा मात्र गीत सार्वजनिक गरिएको गीतलाई दर्शक श्रोताहरुले मन पराईदिने कुरामा आफु आशाबादी रहेको सापकोटाले गुल्मीन्युजलाई बताए ।

बिक्रम चौहानद्वारा निर्देशीत उक्त गितमा भिडियोको सम्पादन भने मिलन बिकले गरेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D