गुल्मी । आज माघ १ गते अर्थात माघे सक्राँन्ती । आज गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला लागेको छ । मेलामा श्रद्धालु भक्तजनको घुइँचो छ । माघे संक्रान्तिदेखि तीन दिनसम्म रिडीस्थित कालीगण्डकी नदीमा नुहाएर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । साथै देव ऋण, पितृ ऋण तिरिने र पाप नष्ट हुने बताइन्छ ।
रुरु क्षेत्र पनि भनिने रिडीमा प्राचिन समयमा देवऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । माघे संक्रान्तिको अवसरमा रिडीमा लाग्ने ठूलो मेला पाँच दिनसम्म चल्छ । मेलामा विशेषगरी कम्बल, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरु, ओखरका घाँजी लगायतकाको राम्रो व्यापार हुने गर्दछ । रिडीमा बिभिन्न सामाग्री बिक्रीका लागि १ सय ३० वटा स्टल निर्माण गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन्छ ।
रुरुस्थित रुरु फ्रेण्ड क्लब, रुरु गाउँपालिकालगायत तीन जिल्लाका बिभिन्न संघ संस्थाले यस क्षेत्रमा लाग्ने मेलाको आयोजना तथा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्दै आएका छन् हेरौँ रिडीबाट सुन्दर कसजुले खिच्नुभएका मेलाका केही झलकहरु:








फोटोहरु: सुन्दर कसजु/रुरु नेटवर्क