Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घास–सिमलटारी सडक सुचारु, कालोपत्रेको काम पनि चल्दै - Gulminews

तम्घास–सिमलटारी सडक सुचारु, कालोपत्रेको काम पनि चल्दै

अनिल खत्री
८ जेठ, गुल्मी । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड सुचारु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुचारु गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्: तम्घास–सिमलटारी सडक कालोपत्रे हुँदै, सडक पूर्ण रुपमा बन्द

राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्ण रुपमा बन्द गरिएको थियो । सडक बन्द भएपछि बैकल्पीक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए ।

राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।

सडक अन्तर्गत अघिल्लो आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे भएको थियो । यस वर्ष बैशाख सामान्तसम्म झण्डै ९ किलो मिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ । राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो ।

निर्माण कम्पनीले राजमार्गको तम्घास देखि सिमलटारी सम्मको सडक कालोपत्रे गर्न तिब्र गतिमा काम गरिरहेको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D