gulminews logo
बिहीबार, २०८१ बैशाख १३

तम्घास–सिमलटारी सडक कालोपत्रे हुँदै, सडक पूर्ण रुपमा बन्द

अनिल खत्री
३ जेठ, गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड बन्द भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै ६ दिनको लागि बन्द गरिएको मदन भण्डारी राजमार्ग कार्यालयले जनाएको छ ।

राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ३ गतेबाट ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्ण रुपमा बन्द गरिएको हो । सडक बन्द हुनजेल तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गर्न राजमार्ग कार्यालयले आग्रह गरेको छ ।

बाटो बन्द भएसगै सदरमुकामबाट पश्चितर्फ आउने जाने धेरै सडकहरु प्रभावित हुनुका साथै सयौँ सवारी साधान तथा यात्रुहरु मारमा परेका छन् । बाटो बन्द हुँदा अन्य स्थानबाट बैकल्पीक बाटो प्रयोग गरेर यात्रा गर्दा लामो दुरी यात्रा गर्नु भएपछि वढी भाडा तिनुपर्ने र ठूला सवारी साधनलाई जोखिमपूर्ण यात्रा गर्नु अबस्था सृजना भएको छ । राजमार्गको शुक्रवारबाट छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको छ ।

तम्घास-सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ । सडक अन्र्तगत अघिल्लो आर्थिक वर्षमा ७ किलोमिटर कालोपत्रे भएको थियो । यस वर्ष हालसम्म झण्डै ९ किलो मिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ । राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो । निर्माण कम्पनीले राजमार्गको तम्घास देखि सिमलटारी सम्मको सडक कालोपत्रे गर्न तिब्र गतिमा काम गरिरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D