gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

तम्घास अस्पताललाई “बेबी वार्मर” सहयोग

गुल्मी, मंसिर २२ । लायन्स क्लब अफ गुल्मी तम्घासले तम्घास अस्पताललाई सात लाख मूल्य बराबरको बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण गरेको छ। अस्पतालमा नबजात शिशुको जन्म हुँदा चिसोबाट बचाउनका लागि पयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेको लाइन्स क्लब अफ तम्घास गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष काउछाले क्लबले गरेको सानो सहयोगले नबजात शिशुको अकालमै मृत्यु हुने अवस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने भन्दै सामग्री हस्तान्तरण गरेको बताए। क्लबले दुःखी, गरिब, विपन्न र अशक्तलाई सहयोग गर्दै आएको बताएको छ। क्लबले गत साउन ७ गते सत्यवती गाउँपालिकामा पहिरोपीडितका लागि पनि सहयोग गरेको थियो।

सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद व्यक्त गरेका थिए। पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुको उपचारमा ठूलो सहयोग पुग्ने बताए। -थाह खबरबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D