gulminews logo
बुधबार, २०८१ बैशाख १२

ढोरपाटनका पहिरो पीडितका लागि संकलित ४ लाख रुपैँया बढि सहयोग हस्तान्तरण

कमल पौडेल
बाग्लुङ, २३ भाद्र । ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ वडामा गएको वाढि तथा पहिरो पिडितहरुको लागि बडिगाड गाउँपालिकाको कार्यालयद्धारा सहयोग हस्तान्तरण गरिएको छ ।

ढोरपाटन नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच बडिगाड गाउँपालिकाको तर्फवाट २ लाख, पालिकामा कार्यरत निजामति कर्मचारी (स्वास्थ्य समेत) बाट १ लाख र जनप्रतिनिधिहरुबाट १ लाख १३ हजार ५ सय गरि कुल ४ लाख १३ हजार ५ सय हस्तान्तरण गरिएको हो। सो रकम हस्तान्तरण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ढोरपाटन वासिको पिडामा बडिगाड गाउँपालिका पनि संगै रहेको बताउनु भएको थियो।

रकम बुझ्दै ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले सवैको सहयोग र सद्भावले बोवाङ क्षेत्रले पुर्नजिवन पाउने आशा व्यक्त गर्नुभएको थियो। सो रकम हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा सहित उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, लेखा अधिकृत डिल्ली आचार्य, लगाएतको सहभागिता रहेको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D