gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ढुङ्गाना प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्तराज ढुङ्गाना

बुटवल, चैत २३ । ढुङ्गाना प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशस्तरिय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानको चैत १९ गते सम्पन्न अधिबेशनले बसन्तराज ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय प्रदेशस्तरिय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा श्रवणकुमार ढुङ्गाना ,सचिवमाअशोक ढुङ्गाना ,कोषाध्यक्षमा सरस्वती ढुङ्गाना चयन हुनुभएको छ ।

त्यस्तै प्रदेश सदस्यहरुमा प्रदेश सदस्यहरुमा नवराज ढुंङ्गाना, विनोद ढुङ्गाना, सङ्गिता ढुंगाना , सरिता ढुङ्गाना ,खेमबहादुर क्षेत्री ढुङ्गाना त्यस्तै, केन्द्रीय कार्यसमितिको लागि लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष नुबादत्त ढुङ्गाना, (रुपन्देही)केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना, (पाल्पा)सर्वसम्मत रुपमा चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदेश अध्यक्ष बसन्तराज ढुङ्गाना,नवलपरासीको नेतृत्वमा गठित ढुङ्गाना प्रतिष्ठान नेपालले लुम्बिनी प्रदेशस्तरिय समितिलाई १२ वटै जिल्लामा बसोवास गरेका पुस्तावलीमा छुटेका ढुङ्गाना बन्धुहरूको पुस्तावली सङ्कलन र लिपिबद्ध गर्ने कार्यलाई अरू बिस्तारीकरण गर्ने काममा लाग्नेछ । साथै दुई तीन बर्ष अधि सङ्कलन गरिएको तथ्याङ्क अध्याबधिक गर्ने काम पनि अत्याबश्यक भएकाले अबको समय त्यो कामलाई पनि समाबेश गर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो । कार्यक्रमको सञ्चालन सरस्वती ढुंगानाले गर्नुर्भको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D