gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ठेकी कुँदेर महिनाकै एक लाख सम्म कमाई, एउटै ठेकी २० हजार रुपैँया सम्ममा बिक्छ

सज्जन ढकाल
गुल्मी, असौज २७ । पछिल्लो समयमा नेपालमा परापूर्व कालदेखि गर्दै आएका पेसाहरु कतिपय लोपोन्मुख भएका छन् । कतिपय लोप भइसकेका छन् । नयाँ पुस्ता कमाउनका लागि खाडी तथा युरोपका कयौँ देशमा भासिएका छन् ।

तर, बाग्लुङ्ग नगरपालिका वडा नम्बर १२ बलेवा चिप्लेटीका ६० वर्षीय प्रेम चुँदारा हसिलो मुहारमा काठका ठेकी कुँदिरहेका भेटिन्छन् । चुँदारा दुध, दही, मही, गोरस राख्ने काठका ठेकी कुँद्नमै आनन्द लिइरहेका छन् ।

स्थानीय गाउँघर तथा बजारमा काठका ठेकीको माग उच्च रहेको छ । व्यवसाय गर्ने मानिसहरु धेरै नभएकाले उनले यसै व्यवसाय गरेर मासिक एक लाख रुपैयाँसम्म कमाउन सफल भएका छन ।

आफ्नै घर बलेवामा फ्याक्ट्री सन्चालन गरी चार जनालाई रोजगार पनि उपलब्ध गराएका छन् । केही समय पहिले नेपाली बजारमा स्टिल र प्लास्टिकले अधिपत्य जमाउँदा व्यवसायमा केही सङ्कट आएको र सन्चालन गर्न हम्मेहम्मे परेका बेला उनी खाडी मुलुक पनि गएका थिए ।

तर, खाडी मुलुक साउदी अरबमा सोचे जस्तो आम्दानी नभएपछि उनी स्वदेश फर्किए । आफ्नो पुरानो पेसालाई फेरि निरन्तरता दिए । अहिले उनी स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

दुध, दही, मही, गोरस प्लास्टिक र स्टिलका भाँडामा राख्दा नमिठो हुने हुँदा काठको ठेकीको माग गाउँघरदेखि बजारसम्म उच्च रहेको छ । अहिले आफूलाई माग पूरा गर्न हम्मेहम्मे पर्ने गरेको उनले बताए ।

पछिल्लो समयमा व्यवसायबाट राम्रो आम्दानी हुँदै गएपछी उनले बाग्लुङ्ग र पोखरामा दुईवटा पक्की घर बनाउन पनि सफल भएका छन् । आफू पन्ध्र वर्षको हुँदादेखि व्यवसाय सुरु गरेका उनले बलेवा चिप्लेटीमा आफूले देखदेख्दै युवाहरु पलायन भएको बताए ।

विशेष गरी ठेकी दार र गुराँसको राम्रो हुने गर्दछ । ठैकीका लागि उपयुक्त काठ सबै स्थानमा उपलब्ध नहुने हुँदा विभिन्न स्थानमा जानुपर्ने उनले बताए । धेरै ठाउँमा हिड्नु पर्ने भएकाले नयाँ पुस्ता व्यवसायतर्फ आकर्षित नभएको उनको अनुभव छ ।

आफूले कुँदेका ठेकी मेला महोत्सवको समयमा बाग्लुङ्ग, पोखरा, कुस्मालगायत अन्य स्थानमा लगेर बेच्ने गरेको र मापन क्षमताअनुसार ठेकीको मूल्य फरक फरक हुने पनि उनले बताए । उनले बनाएका ठेकीको मूल्य प्रतिगोटा ८ सयदेखि २० हजारसम्म पर्ने गर्दछ ।

पछिल्लो समयमा नेपालमा ठेकी बनाउने पेसा लोपोन्मुख भएको र राज्य तथा स्थानीय सरकारले संरक्षण गर्न चासो नदेखाएको उनले गुनासो समेत गरे । आफ्नो शेखपछि व्यवसाय आफ्नो गाउँमा यो कला लोप हुने देखिएकाले उनले नेपाल सरकार तथा स्थानीय निकायबाट नयाँ पुस्तालाई सीप सिकाउन आग्रह समेत गरे ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D