gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

जैसीथोक स्वास्थ्य चौकीले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गर्ने

गुल्मी, जेठ ०७ । गुल्मीको धुर्कोट गाउँपालिका अन्तर्गत रहेको जैसीथोक स्वास्थ्य चौकीले आफ्ना स्वास्थ्यकर्मीहरुको बिमा गर्ने निर्णय गरेको छ । वडा भित्र रहेर काम गर्ने सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाहरुको नि:शुल्क र स्वास्थ्य कर्मीहरूकाे सशुल्क कोरोना राेगको बीमा गर्ने निर्णय गरेको छ ।

जैसीथोक स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा मगरको अध्यक्षतामा उक्त निर्णय गरिएको थियो । उक्त स्वास्थ्य चौकी अन्तर्गत विभिन्न टोलमा कार्यरत स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरुको एक लाख रुपैयाँको बिमाङ्क बराबरको कोरोना राेग बीमा तम्घास स्थित शिखर इन्स्योरेन्स कम्पनी बाट गर्ने निर्णय गरिएको शाखा प्रमुख रिख वहादुर खत्रीले जानकारी दिए ।

कोरोना बीमा गर्ने (बीमित)लाई बीमांक रकममा दुई विकल्प राखिएको छ । एक लाख रुपैयाँको बीमा गर्नेले प्रतिव्यक्ति वार्षिक १ हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्नेछ भने परिवारका हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने र ५० हजार रुपैयाँको बिमांकमा आधा अर्थात प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख खत्रीले बताए।

पिसिआरबाट कोरोनाभाइरस पुष्टि भएपछि बीमा गर्नेले बिमांक रकम प्राप्त गर्ने तर बीमा गरेको १५ दिनको समय भने पुरा भएको हुनुपर्ने व्यवस्था भएकाे समेत उनले बताए । यसरी सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाको एकमुस्ठ कोरोना बीमा गर्ने गुल्मीमा पहिलो स्वास्थ्य चौकी समेत बनेको कुरा जैसीथोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा मगरले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D