gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

जीतेपछी गोकर्ण बिष्टले भने: “हामीलाई जितको मात लाग्ने छैन” (पुरा भिडियो सहित)

सन्जु काउछा
गुल्मी । गुल्मी २ मा वाम गठबन्धनतर्फबाट एमालेका गोकर्ण विष्ट १४ हजार मतान्तरले विजयी भएका छन् । उनले ३४६१८ मत ल्याउँदै बिजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाएका छन् ।
जित पस्चात कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गर्दै बिष्टले भने, “फलेको हाँगो ननुघेको कहाँ छ र?” उनले थपे, “यो जितको मेरो र बामगठबन्दन मात्र हैन मलाई भोट हाल्ने र नहाल्ने सबैको जित हो ।”

बिष्टले यो बिजयले आफुहरुलाई कुनै मात नलाग्ने बरु थप जिम्मेवार बनाउने पनि बताए ।

बाम गठबन्धनबाट उम्मेदवार बनेका बिष्ट गत दोस्रो संविधानसभा निर्वाचनमा विष्ट फराकिलो अन्तरले विजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनाबमा माओवादी उम्मेदवारसँग पराजित भएका उनलाई अहिले माओवादीको पनि साथ थियो ।
हेरौँ भिडियो:

सिंहदरबारको बिजुली काट्ने बिष्ट, युवाका रोल मोडल

छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाब बनाउन सफल एमाले नेता बिष्ट स्थानीय तह देखि राष्ट्रिय स्तरमै लोकप्रिय नेता हुन् । स्वच्छ छबि र स्पष्ट बक्ता रुपमा परिचित नेता बिष्टको कार्यकर्ता लेवलमा समेत ब्यापक क्रेज छ । गत स्थानीय चुनाब र दोस्रो संविधानसभा चुनाबको समीकरण अनुसार यसपटक पनि बिष्टले अत्यधिक मतले बिजय हासिल गर्ने धेरैको आंकलन थियो । पछिल्लो समय राजनीतिमा आश्थावान युवाहरुको रोल मोडलका रुपमा स्थापित हुँदै गएका नेता बिष्ट उर्जामन्त्री भएको समयमा गरेका जनपक्षीय कामका कारण प्रिय छन् ।

सिंहदरबारको बिजुली काट्ने बिष्टले बिद्युत महशुल नतिर्ने सरकारी कार्यलयको बिजुली काट्ने देखि पदबाट राजिनामा दिएकै दिन सरकारी सुबिधा त्यागेका थिए । जसका कारण उनको राजनीतिक हाइट उच्च छ । बिष्टले नै देखाएको र शुरु गरेको मार्गदर्शनका कारण आज मुलूकले उर्जाक्षेत्रमा केहीहद सम्म प्रगति गर्नसफल भएको छ । पछिल्लो समयमा बनेका उर्जामन्त्रीहरुले समेत बिष्टका बिधि फलो गर्ने गरेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D