सुरज भट्टराई
गुल्मी, असौज २७ । हिन्दुहरूको महानचाड बिजयादशमी तथा शुभदिपावली हाम्रो घर आगनमा भित्रीएको छ । यो चाडवाडमा गरिबको घरमा पनि चुलो बलोस भन्ने हेतुले गुल्मी मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडा अमलाबोट घर भई हाल जापानलाई कर्मथलो बनाउनुभएका महेन्द्र कुमार अधिकारीले दशैखर्च स्वरूप अमलाबोटकै माया बिकलाई दश हजार रुपैँया सहयोग गरेका छन् । आइतबार पत्रकार सुरज भट्टराई बिककै घरमा पुगेर पठाएको रकम हस्तान्तरण गरेका हुन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ अमलाबोट स्थाई घर भएका अधिकारी बिभिन्न समाजमा काममा अग्रसर हुने गर्दछन् । जापानमा आफ्नै ब्यवसाय सन्चालन गरेका अधिकारि त्यहाँ पनि बिभिन्न सामाजिक कृयाकलाप तथा संघ्सँस्थाहरुमा सक्रिय छन् । उनि एनआरएनए जापानका सल्लाहकार हुन् भने आँपचौर सेवा समिती जापानका निबर्तमान अध्यक्ष र गुल्मेली समाज जापानको निवर्तमान महासचिव पनि हुन् ।