gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

जाने हैन त गुल्मीबाटै डुंगा चढेर रानीमहल? शुरु भयो जलयात्रा

रिडि, फाल्गुन २०। रिडि बाट पाल्पाको पर्यटकीय स्थल रानिमहलका लागि जल यातायात को सुरुवात भएको छ। दुई वटा ठुला डुङा मार्फत रानी महल सम्मका लागि कालीगण्डकी नदिमा जल यातायातको सुरुवात गरिएको रुरु नेटवर्कले खबर छापेको छ ।

रिडि बाट करिब ४ घण्टाको समय लाग्ने रानी महल यात्राका लागि २ हजार रुपैया भाडा तोकिएको छ। उक्त भाडा तिरे पछि रिडि बाट रानी महल पुर्याउनुका साथै यात्रीहरु लाई बिच बाटोमा नास्ताको ब्यबस्था गरिने र रानी महल बाट रिडि फर्किन गाडिको समेत ब्यबस्था गरिने संचालकले बताएका छन। त्यसै गरि रुद्रबेणी देखि रिडि सम्मका लागि पनि जल यात्राको पनि ब्यबस्था गरिएको छ। यसका लागि १ हजार रुपैया लाग्ने छ ।

जल यात्राको क्रममा यात्रुहरु लाइ सुरक्षाका लागि सेफ्टि ज्याकेट र हेल्मेटको ब्यबस्था गरिएको संचालक सदस्य खिम प्रसाद गौतमले बताउनु भयो। साथै यात्राका क्रममा दुर्घटना भए बिमाको समेत ब्यबस्था भएको जानकारि दिनु भयो ।

रिडि क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थानीय शंकर प्रसाद ढेंगाको अध्यक्षतामा ५ जना ब्यक्तिहरुको पहलमा यो सेवाको सुरुवात गरिएको हो । झण्डै २० लाख रुपैयाको लागतमा सुरु गरिएको यो सेवाको रिडि तथा रानी महलमा पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको समेत रुरु नेटवर्कले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D