केशर रोका
प्यूठान, माघ २१ । गाउँमै मोटरबाटो पुगेको छ । समत भुभाग । विकासका अन्यू पूर्वाधारको पनि कमी छैन् । नगरक्षेत्रमकै एउटा ठाउँ, जहाँ पानीको असुविधाले सवै अँधुरो बनाएको छ । समय वित्दै गयो, पानीको मुहान सुक्दै जानथाले । बोट विरुवा बीनास र जथाभावी निर्माण गरिएका सडक सञ्जालले गर्दा गाउँका मुहान सक्दै गएपछि पानीको हाहाकार हुन थालेको छ, प्यूठान नगरपालिका १ स्थित दाखाक्वाडी भलावाङमा ।
गाउँमा भएको एकमात्र आपखोला मुहान सुकेको स्थानीयले बताए । उक्त मुहान आठवर्ष अघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले निर्माण गरेको गरेको थियो । सोही आयोजनाबाटै यहाका स्थानीयले खानेपानीको जोहो गर्दै आएका थिए । दश घरधुरीलाई पायक पर्नेगरी गाउँमा एउटा पानीका धारा बनाइएको छ । पोहोरसाल सम्म धारामा पानी आएपनि विगत एक वर्षदेखि पानी आउनै छाडेको छ । जसोतसो संकलन भएको पानी धारामा खसीहालेपनि धेरैले गाग्रो भर्न नपाउदै पानी सुक्छ ।
स्थानीय ६५ घरधुरी अहिले ‘काकाकुल’ बनेका छन् । दिनरात पानीकै पिरलोले उनीहरुलाई सताउने गर्छ । पुस्तौदेखि आपखोला मुहानको पानी पिउँदै आएका स्थानीय ४५ वर्षिय थम्मन खड्काले हिजोआज पानी ‘अमृत’ जस्तै बन्न थालेको प्रतिक्रिया दिए । ‘मही खुवाउन सजिलो होला’,उनले भने,‘घरमा आएका पाहुँनालाई पानी पु¥याउन सकिदैन् ।’ मुहान सुक्दै गएपछि पानीको अभाव बढ्दै गएको उनले बताए ।
गाउँको विकराल खानेपानीको समस्या बुझिदिन निर्वाचन जनप्रतिनिधीलाई पटक पटक आग्रह गरेपनि बेवास्ता गरेको स्थानीय सामाजिक अगुवा शान्त बहादुर थापाले दुःखेसो पोखे । ‘चुनावको बेला विकासको ठूला कुरा गरे’,उनले भने,‘चुनाव जितेपछि एकपटक पनि फर्केर आएनन् ।’ नगरपालिकाका मेयर र वडा अध्यक्षलाई स्थलगत रुपमा गाउँको समस्या बुझ्न आग्रह गरेको उनले बताए । प्यूठान नगरपालिकाको पुछारमा रहेको भलावाङ गाउँ स्वर्गद्धारी नगरपालिकाको बर्जिवाङदेखि नजिकै पर्छ । नगरपालिकादेखि कुनामा भएकाले पनि आफूहरुलाई वेवास्ता गरेको गाउँलेले दुःखेसो गरेका छन् । ‘बजारमा यस्तै समस्या भएको भए सवैको नजर पुग्थ्यो होला ?’,थापा भन्छन्,‘गाउँका जनता जहिलै पछाडी पर्ने भए ।’ नगरक्षेत्रको बासिन्दा भएरपनि नगरबासीको अनूभुति गर्न नसकिएको उनीहरु बताउँछन् ।
गाउँदेखि माथीको भागमा मुहान नहुँदा स्थानीयलाई पानीको जोहो गर्न समस्या भइरहेको छ । करिव पाँचसय मिटर तल रहेको माडीखोलाबाट बोरिङ गरेर लिफ्ट मार्फत पानी गाउँमा ल्याउने संभावना रहेको स्थानीयको भनाई छ । छिमेकी स्वर्गद्धारी नगरपालिकामा माडीखोलाबाटै पानी लिफ्ट गरेर गाउँमा ल्याइएको छ । करोडौँ लगानी लाग्ने भएकाले जनश्रमदान गरेर पानी ल्याउन असम्भव देखिएको स्थानीयको भनाई छ । नगरसभा हुनपूर्व गाउँलेले वडाबाट खानेपानीका लागि प्राथमिकतामा राखेर योजना मागेका थिए । तर, आफूहरुको मागप्रति पुरै वेवास्ता गरेकाले जनप्रतिनिधी जनताका प्रतिनिधी जस्तो नभएको उनीहरुको गुनासो छ ।
विहान र साँझ आधा घण्टा मात्र आउने पानीको धारामा गाउँलेहरुबीच धेरैपटक झै–झण्डा हुने गरेको स्थानीयले अनुभव सुनाए । विहान, बेलुका धाराभरी रित्ता गाग्री भरिभराउ हुने गर्छन् । पानीकै समस्याले गाउँको सरसफाइमा समेत चुनौती थपिएको छ । स्थानीय दाखाक्वाडी स्वास्थ्यचौकीमा आउने सेवाग्राही र माण्डवी प्रावीका विद्यार्थीहरु समेत प्रभावित भएका छन् । सरसफाइका लागि गाउँलेहरु माडीखोलामा पुग्ने गर्छन् । पिउने पानीकै अभाव झेलिरहेका स्थानीयलाई खेतीपातीमा सिंचाई गर्ने कुरा सपनाजस्तै लाग्ने गरेको छ । रेडक्रसले यसअघि करिव १२ लाख रुपैयाँ लगानी गरेर खानेपानी आयोजना निर्माण गरेको स्थानीयले बताए ।
दिनप्रतिदिन ‘विकराल’ बन्दै गएको खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले ठोस कार्यक्रम बनाउन गाउँलेले आग्रह गरेका छन् । ‘भोट माग्न मात्र गाउँ छिर्ने होइन ?’,स्थानीय थम्मन खड्काले भने,‘जनता एकपटकलाई मात्र हुन् भन्ने सम्झनु हुँदैन् ।’ दुःखको बेला जनतालाई साथ दिनसमेत उनले जनप्रतिनिधीको ध्यानाकर्षण गराए । खानेपानीको क्षेत्रमा जिल्लामा काम गर्ने थुप्रै निकाय भएपनि भलावाङमा कसैको नजर पुग्न सकेको छैन् । नगरबासी भएरपनि दुर्गमकै नागरीकहरुको जस्तै समस्या झेलिरहेका यहाँका स्थानीयले पहिलो प्राथमिकता पानीलाई दिएर मात्र अन्य विकास गर्न सरकारसँग माग गरेका छन् ।