gulminews logo
मंगलवार, २०८१ बैशाख ४

जनज्योति मावीलाई दिए एकै व्यक्तिले १५ लाख भन्दा बढि आर्थिक सहयोग

कौरव खत्री
गुल्मी, ९ फाल्गुन । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि एकै व्यक्तिले दिए राम्रो आर्थिक सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका १ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी डालेश्वर भूषालले विद्यालयको लागि जग्गा सहित १५ लाख १ हजार १ रुपैया सहयोग प्रदान गरेका हुन् ।

विद्यालयमा फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौ दिनका अवसरमा उक्क्त रकम दिएको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले कथा प्रवचन सहित झाँकी भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D