gulminews logo
बिहीबार, २०८१ बैशाख २७

चुनाव प्रचारका क्रममा देखिएको गुल्मेली नेताजीहरुको “नमस्कार” ! (फोटोहरु)

सन्जु काउछा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला ब्यापक प्रचार-प्रसारमा लागेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चराणको निर्वाचनको दिन जती जती नजिकिँदै छ प्रचार प्रसारलाई गुल्मीमा उती उती जोडतोडका साथ लैजाँदै छन् बाम गठबन्दन, नेपाली कांग्रेस, नयाँ शक्ती लगायतका राजनितिक दलका उम्मेदवारहरु ।

घरदैलो, खेतबारी हुँदै मतदाता जहाँ छन् भोट माग्दै त्यहीँ पुगेका छन् सबै जसो उम्मेदवारहरु । कोही उम्मेदवारले मकै भट्ट खाँदै भोट माग्न हिँडेका छौँ भनेका छन् भने कसैले गरीब-दलित अनी सिमान्तकृत परिवारको दलानमा जे मिल्छ त्यही खांदै भोट माग्दै गरेको बताएका छन् ।

अरुबेला धेरै जसो सभा-सम्मेलन, गोष्ठी र टेलिभिजनका पर्दाहरुमा देखिने मुख्य नेताहरु यतिबेला नपुगेको गुल्मीको शायदै कुनै पनि कुना छैन होला । फुलमाला र झन्डा सहित अघी पछी कार्यकर्ता र समर्थकहरुको लावालस्कर सहित गुल्मीका बिभिन्न ठाउँहरुमा उकाली ओराली गरिरहेका तस्बिरहरु फेसबुक भरी प्रसस्तै देख्न पाईन्छ । यतीबेला सबैजसो उम्मेदवारहरुले फेसबुक लगायतका सामाजिक सन्जालहरु मार्फत पनि प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।

उम्मेदवारहरु र कार्यकर्ताहरुको फेसबुक प्रोफाईल पुरै चुनावी प्रचारले रंगिएका छन् । ठाउँ ठाउँका कार्यक्रम, चुनावी सभा, पार्टी प्रवेश कार्यक्रमका तस्बिरहरु उनिहरुका प्रोफाईलमा छिन् छिनमा पोस्टिन्छन् । कार्यकर्ता र समर्थकहरुको प्रोफाईलमा हेर्ने हो भने आफ्ना दलका प्रचार भन्दा बिपक्षी दल र तिनका उम्मेदवारहरुलाई गरेको गालीगलौज धेरै देखिन्छन् ।

अरुबेला काठमाडौं, बुटवल र सदरमुकाम तिरै धेरै रहने नेताहरु यतिबेला हात जोड्दै ढोग चढाउँदै मतदाताका करेसा, कान्ला हुँदै गाउँगाउँ चहारेको दृष्‍य रोचक देखिन्छ । मतदाता भने उम्मेदवारको यस्तो साथ चुनाव ताका मात्र हैन सधैं भरी चहान्छन् । चुनाव पछी पनि उम्मेदवार गाउँ फर्केर आउने कुरामा उनिहरु त्यती विश्वस्त देखिँदैनन् । होउन् पनि कसरी, बिगत लामो समय देखी गुल्मीमा मात्र हैन लगभग सबै जसो ठाउँमा बारम्बार दोहोरिएकै यही हो ।

स्वतन्त्र सहित नौ दलले गरी ५२ जनाले उम्मेदवारी दिएको गुल्मीबाट मुख्य केही उम्मेदवारहरुको भोट माग्ने “नमस्कार” हेरौँ:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D