gulminews logo
मंगलवार, २०८१ बैशाख ११

चिन्ता बढ्यो झन: स्वाव संकलन गरेको १७ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछी…

थम्मन थापा
बागलुङ, असार ३ । गलकोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाव संकलन गरेर पोखरा पठाइयो । स्वाव पठाएको १७ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएको छैन । रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेका नागरिकहरु चिन्तित त बनेका छन् नै स्थानीय सरकारलाई समेत यसले चिन्ता बढाएको छ ।

गलकोट नगरपालिका बाट ८० जनाको स्वाव पोखरा स्थित स्वस्थ विज्ञान प्रतिषठानमा चेक जाँचको निम्ति पठाइएको हो । लामो समय भई सक्दा पनि रिपोर्ट नआउनुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गलकोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । दिनहुँ नगर भित्र छिमेकी मुलुक भारत बाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ । निर्माण गरिएका क्वारेन्टाइनहरु भरी भराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनाैती उत्तिकै थपिन थालेको छ ।

गलकोट नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । हामीले पटक पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस गरेउ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं नगर प्रमुख गैरेको भनाई छ । यता नगरपालिकालाई क्वारेन्टाइनमा रहेका नागरिकका घर परिवार, आफन्त, सम्बन्धित वडाका जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितीले दिनहुँ भेटेर हुन्छ या टेलिफोन मार्फत सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।

गलकोट नगरपालिकाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा रहेका एक नागरिकले यतिका दिन विती सक्दा पनि सरकारले रिपोर्ट दिन नसक्नु आफैमा लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे, हामी त कतै हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं । गलकोट नगरपालिका बाट केही दिन पहिले पुनः ७४ जनाको स्वभाव संकलन गरी पोखरा पठाइएको छ । लामो समय सम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन अवधि स्वत लम्बिँदा स्थानिय तहमा खर्च समेत वृद्धि हुने देखिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D