gulminews logo
बिहीबार, २०८१ बैशाख ६

चिनारी ब्लग : बादलको घुम्टो ओढेको पुण्य भूमि ‘रेसुङ्गा’

सुनिता कंडेल
पुस १७ गुल्मी । खै कहाबाट सुरु गरु ? रेसुङ्गाका लोभलाग्दा सुन्दर दृश्य दिमागमा नाचिरहेका छन् ,लेख्ने कलम चलिरहेको छैन् । मैले लेख्ने शब्दमा अट्दैन् ,मैले गर्ने बयानले पुग्दैन् । गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्र्दयले भरिपूर्ण छ ।

यो पनि पढ्नुस्: प्रचारप्रसार अभावमा गुल्मीको पर्यटकीय गन्तव्य ओझेलमा, मोटरबाटै पुग्दा पनि आएनन् पर्यटक

जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफु शिरमा बसेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नव आगन्तुले घुम्ने अबलोकन गर्ने गौरवशालि पुन्य भूमि रेसुङ्गा हो । धार्मिक,ऐतिहासिक र पर्यटकिय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्रचीन इतिहास खोज्ने हो भने एउटा किताब बन्छ । मैले रेसुङ्गामा पुग्नै पर्ने कारणहरुको समग्र पक्षलाई संक्षेपमा यहा उल्लेख गरेकी छु ।

रेसुङ्गाको महत्व कति भन्ने लेखेका शब्दले मात्रै होइन त्यहा पुग्नेहरुले गर्ने बयानले पनि सार्थक पार्दछ । सधै बादलको घुम्टो ओढेर चारैतिरबाट आउनेहरुलाई स्वागत गर्न बसेको रेसुङ्गामा पुग्नेहरु गर्वले भन्छन् साच्चिकै बिचित्र छ रेसुङ्गा ।

हामीलाई चिनाएको छ, रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । मैले लेख्ने शब्दमा नअटाउने मैले गर्ने बयानले नपुग्ने स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको गौरव हो । रेसुङ्गा धर्मिक, ऐतिहासिक, पर्यटकिय हिसावले महत्वपूर्ण छ ।प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । केहि वर्ष यता रेसुङ्गामा सवारीका साधन जान थालेका छन् तर गाडिको यात्रामा पुरै रेसुङ्गासम्म पुग्न सकिदैन् ।

रेसुङ्गा क्षेत्रको पर्यटकिय सौन्र्दयलाई जोगाउन पोखरिसम्म सवारी साधनमा पुग्न सकिन्छ भने करिब २० मिनेटको उकालो पैदलयात्रापछि मुख्य गन्तव्यस्थलमा पुगिन्छ । माथी चुचरो पुगेपछि जो कोहि स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउछन् ।

त्यहा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका बिभिन्न स्थानसँगै पाल्पा, स्याङजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य अबलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ

धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभुमी रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउछ । सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्नाले रेसुङ्गाको गरिमा बढाएको छ ।

साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ ।

रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ ।

ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।

रेसुङ्गामा धेरै महर्षीहरुको तपस्या पछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथी ल्याउनु बिशेष भुमिका रहेको उल्लेख छ ।

उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा बिशेष रुपमा निरन्तर पूजाहुँदै आएको बताइन्छ । हाल निरन्तर पूजा हुँदै आएको छ । रेसुङ्गाको साच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा बिभिन्न मनमोहक मन्दिरहरु रहि आएका छन् ।

रेसुङ्गामा राढाकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति बिभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु सुन्नमा आउछन् । रेसुङ्गा साच्चिकै आन्नदित छ यहाँ फुलले होइन ढुंगा माटोले पनि बासना छरेको छ । यहाँ बिभिन्न बोटहरुले यसक्षेत्रको बुट्टा भरेको छ त्यसैले त यहाँ पुग्ने भन्छन् यो हामीले नदेखेको स्वर्ग हो जुन यस्तै आनन्दित हुँनेछ ।

३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल जसले यस क्षेत्रको प्रकृतिक सौन्र्दयता बोकेको छ । १ सय वढि खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अरू बन्य जन्तुहरु, बहुमुल्य जातका जडिवुटिले भरिएको रेसुङ्गा हेर्दा घुम्दा मनै आनन्दित बन्छ ।

तनावले भरिएर पुग्ने जो कोहि रेसुङ्गाको सुन्दरताले मनै लोभिएर फर्किेने गर्दछन् । हाल नगर र गाउँपालिकाहरुमा स्वच्छ पिउने पानी पु¥याएको रेसुङ्गाको गरिमा महत्व हिजो पनि उत्तिकै थियो र आज पनि उत्तिकै रहिआएको छ ।

सधंै वादलको घुम्टो ओडेर बसेको रेसुङ्गा काखैमा तम्घास बजार हुनुले यसको शिर अझ माथी रहेको छ । यसको अझ बढि प्रचार प्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा वाह्रय पर्यटकहरु भित्रिने ठुलो सम्भावना छ ।

रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै बिकास निर्माणको पक्षलाई बिशेष ध्यान दिनुपर्ने छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्र्दयले पनि भरिपूर्ण छ । रेसुङ्गा नामले धेरै संघ संस्थाहरु जोडिएका छन् । त्यसले रेसुङ्गाको नाम र यसको महत्व कति रहेछ भन्ने दर्साएको छ ।

रेसुङ्गासँगै रहेको गौशालामा योगी नरहरि नाथले हवन गरेर छोडेका गाइलाई व्यवस्थित रुपमा पाल्नको लागि २०४२ साल देखि गाईहरु पाल्न थालिएको हो । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरुले ति गाईको रेखदेख गर्ने गरेका छन् । बेला बखतमा बिभिन्न पर्व तिथी पारेर ती गाइ गोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानियले उठाउने गरेका पनि छन् ।

हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको पिसाबलाई शुद्ध गहुत मानेर पुजाआजामा प्रयोग गरिने हुनाले पनि गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोड्ने प्रचलन पनि छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । यसले पनि रेसुङ्गा क्षेत्रको गरिमालाई उचो बनाएको छ ।

गौशालामा पालिएका स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन । रेसुङ्गा आफैमा पुन्य भूमि भएपनि यसलाई थप महत्व बुझाउनको निम्ति यस क्षेत्रमा केहि बिकासका कामहरु पुरा गर्नु पर्ने हुन्छ । जिल्ला बाहिर पनि रेसुङ्गाको ब्यापक प्रचारप्रसारको आबश्यकता छ । यसो गरेमा बाह्य पर्यटनको आगमन भई गुल्मेलीको शिर अझ उचो हुनेछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D