gulminews logo
मंगलवार, २०८० चैत्र ६

चार वर्ष बित्यो पुल निर्माण अझै अलपत्र, स्थानीयलाई सास्ती

नवीन शिशिर विक
बागलुङ, कार्तिक ९ । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बागलुङको गलकोट नगरपालिका–८ काँडेवास– मल्म जोड्ने मोटरेवल पुल निर्माण कार्य अलपत्र परेको छ ।

निर्माण कम्पनीले समयमा काम नगर्दा काँडेबासका स्थानीयले बर्षौंदेखि सास्ती खेप्नुपरेको हो । मध्यपहाडी लोकमार्गको मल्मदेखि काँडेबासको पचुवा जोड्ने दरमखोलाको मोटरेवल पुल निर्माण कार्य अलपत्र पर्दा स्थानीयले जोखिम मोलेर आउजाउ गर्न बाध्य छन ।

भ्याट बाहेक पाँच करोड ४२ लाख रुपियाँ लागतमा निर्माणको जिम्मेवारी लिएको वाईपी कन्स्ट्रक्सनले वि.सं. २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले नियमित रुपमा काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ ।
निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीय जनप्रतिनिधि सडक डिभिजन कार्यालय बाग्लुङदेखि प्रदेश सरकार र केन्द्र सरकारको मन्त्रालयसम्म धाइरहेका छन् । पुल निर्माणको लागि आग्रह गर्दै सम्बन्धित कार्यालयमा पटक पटक धाए पनि ठेकदारले काम अगाडि नबढाएको गल्कोट नगरपालिका–८ का वडा अध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो ।

“दुई वर्षमा सक्नेगरी सम्झौता भएको रहेछ । वडाध्यक्ष कँडेलले भन्नुभयो, ‘साढे चार वर्ष हुन लागि सक्यौं, ३५ प्रतिशत काम पनि भएको छैन । हामी सडक डिभिजनदखि प्रदेश र केन्द्र सरकार सम्म धायौं, ठेकेदारले नै लापरबाही गरेपछि कसको केही लाग्दोरहेनछ । योजना अलपत्र रहँदा जिम्मेवारी निकायले अलि चासो नदिनु चिन्ताको विषय भएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे बताउनुभयो । सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख रामेश्वर लम्सालले पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीलाई नियामवलीको नबौंै संशोधन अनुसार सरकारले पुनः एक वर्षको म्याद थप गरेको जानकारी दिनुभयो । पछिल्लो पटक थप गरेको मितिदेखि हाल एक साईडको पि सेटमा एक लिफ्ट ढलान र केही जाली भरेको छ तर कोरोना कारण लकडाउनले काम गर्न समस्या भएको भन्दै अलपत्र परेको उहाँको भनाई छ ।

निर्माण कम्पनी वाईपी कन्स्ट्रक्सनका सञ्चालक रवीन जोशी भने निर्माण कार्य जारी रहँदा केही अवरोधका कारण काम गर्न कठिनाई परेको प्रतिक्रिया दिनुभयो । दक्षिणतर्फबाट निर्माण शुरु गरिएको तर शुरुमै बाढी पसेर काममा अवरोध आएको उहाँको भनाइ छ । दशै पछि लगत्तै काम अगाडि बढाउने जोशीको भनाई छ । स्थानिबासी भने बाढी र कोरोना भन्ने कुरा ठेकेदारको बहानाबाजी मात्रै भएको दावी गर्दै आएका छन् । पचुवामा बन्न लागेको यो पुलले निर्माण सम्पन्न भएपछि काँडेबासलाई मध्यपहाडी लोकमार्गसँग जोड्नेछ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D