gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ठुला चाडबाड सकिएसँगै गुल्मीका किसानहरुलाई खेती स्याहार्ने चटारो

सन्ध्या बस्नेत
गुल्मी, कार्तिक १० । गुल्मी र आसपासका जिल्लाहरुमा यति वेला धान र कोदो स्याहार्नको माँचो भईरहेको छ । हस्तीचौरको राताडाँडा नजिकैको फाँट धान पाकेर पहेँलपुर भएको भएको छ । कृषकहरु धान स्यहार्न खाली लिपेर बसेका छन । निस्तेखोलाको उपल्लो फाँट यति वेला पहेँलपुर भएको छ । मुसिकोटका भित्रि खेतहरु पनि धान पाकेर सुन्दर देखिएको छ । उता बढिघाट खोला वारी पारी विशेष गरी वामीटक्सारको फाँटले यति वेला थप सुन्दरता थपेको छ ।

उता छिमेकी जिल्ला बाग्लुको न्वाँरा फाँट, खाराको फाँट र त्यो भन्दाँ माथीका फाँटमा पनि धान पाकेर पहेंलपुर भएको छ । मुसिकोट गाउँमा कोदो काट्न सुरु गरिएको छ । कोदो मुसाले खाएर हैरान पारेको गुनासो गर्दै हुनुहुन्थ्यो एक जना कृषक महिला घर घरमा आँगन पोतेर कोदो स्याहार्ने तयारीमा छन कृषानहरु । कोदो मकै र धान खेती गुल्मीको परम्परागत खेती हो ।

पछिल्लो चरण यहाँका कृषकहरु परम्परागत खेती छाडेर तरकारी लगायतको व्यवसायिक खेतीमा लागेका छन् । परम्परा देखि स्वादिलो सुन्तलाको गाउँ भनेर चिनिने भाडगाउँका कृषकहरुले कोदो मकै रोप्ने वारीमा सुन्तला फलाउन थालेका छन् । यति वेला त्यस गाउँका सुन्ताला पाक्न थालेका छन वाटो र वेृारीभरी सुन्तालाका वोटहरुले भाँडगाउँ र उता बेँहोरो गाउँलाई सुन्दर हराभरा बनाएको छ ।

कुहेर खेर जाने वेलौती (अम्वा) समेत त्यहाँका कृषकहरुले बजार सम्म पुराएर बेच्न थालेका छन । तरकारी र दुधबाट पनि त्यहाँका कृषकहरुले मनग्य आम्दानी लिदै आएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष थम्मन केसी र अर्का युवा निरज मरासीनीले वार्षिक तिन चार लाख सम्मको सुन्ताला बेच्दै आएका छन् । दर्जनौ त्यहाँका कृषकले ठुृलो परिमाणमा सुन्तला खेती गर्दै आएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D