gulminews logo
बिहीबार, २०८१ बैशाख १३

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरा
गुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि औजार सामाग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु वितरण गरिएको हो । जसमध्ये स्मार्ट कृषि कार्यक्रममा समावेश भएका कृषिकका लागी हाते ट्याक्टर ७ वटा, च्याप कटर १७ वटा, मल्चिङ्ग प्लाष्टिक २५ रोल, सिचांई पाइप ५ हजार मिटर, बाख्राको दाना खुवाउने ढुण १ सय पिस, डिजिटल तराजु ५० केजीको ७ वटा, १ सय केजीको ६ वटा लगायतका कृषि सामाग्री वितरण गरिएको छ ।

गाउँपालिका भित्र स्मार्ट कृषि कार्यक्रममा समावेश भएका कृषकका लागी पहिलो बर्ष पनि कृषि औजार वितरण गरिएको थियो । आगामी दिनमा पनि सबै कृषकलाई पुग्ने गरी औजार वितरण गर्ने कार्यक्रम रहेको छ । सामागी वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्री, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष डिल्लीराज सुवेदी, ४ का वडाध्यक्ष बलबहादुर बस्नेत, ६ का वडाध्यक्ष अम्मर सिं दगामी, निवर्तमान वडाध्यक्ष गोर्कणप्रसाद शर्मा, गाउँपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले कृषीको माध्यमबाट नै गाउँपालिकालाई समद्ध बनाउन सकिने भएकाले आधुनिक कृषित तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी अािर्थक आयआर्जन बृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । प्राप्त गरेका कृषि सामाग्रीहरुको सहि तरिकाले प्रयोग गरी उत्पादन बृद्धि गर्ने पनि उहाँले आग्रह गर्नुभयो । कृषकहरु सामाग्री पाए पछि खुशी भएका छन । उनिहरुले सामानको सही रुपमा प्रयोग गर्ने बताए । कृषि ज्ञान केन्द्र र गाउँपालिकाको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D