gulminews logo
बिहीबार, २०८१ बैशाख ६

चन्द्रकोटमा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्किया कार्यक्रम सम्पन्न

विवश विष्ट
गुल्मी, ०८ मंसिर । गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि अन्तरक्रिया गरिएको छ । चन्द्रकोट गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोगमा कार्यक्रम भएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक वर्ष २०७७।७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा अन्तरक्रिया तथा भेला कार्यक्रम भएको हो । चन्द्रकोट गाउँपालिका वार्ड नं.४ का वडाध्यक्ष श्री भरतलाल थापा ज्यूको अध्यक्षतामा रहेको कार्यक्रमका लागि प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका अध्यक्ष श्री द्रोर्ण बहादुर खत्री रहनु भएको थियोे ।

त्यसैगरी विशेष अतिथि चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्याल, अतिथि कृषि ज्ञान केन्द्र गुल्मीका निमित्त कार्यालय प्रमुख श्री सन बहादुर राना,चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री अनन्तपाणि मरासिनी, कृषि अधिकृत हरि प्रसाद आचार्य, चन्द्रकोट गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष श्री किरण शाह लगायत कृषक दाजुभाई, चन्द्रकोट गाउँपालिका कृषि र पशुसेवा शाखाका प्राविधिकहरुको उपस्थितिमा स्मार्ट कृषि गाउँ कार्यक्रमको प्रथम भेला सम्पन्न भएको हो ।

भेला तथा अन्तरक्रिया कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका ८ वटै वडाबाट छनौट भएका हरित स्वयमस्वमहरु बीच सम्झौता कार्य पनि सम्पन्न भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D