gulminews logo
शनिबार, २०८१ बैशाख १५

चन्द्रकोटका मोतियाबिन्दुको नि:शुल्क अप्रेशन शिवीर सन्चालन हुँदै

विवेक क्षेत्री
गुल्मी, जेठ १२ । गुल्मी जिल्ला चन्द्रकोट गा.पा.मा मोतियाबिन्दु सम्बन्धी नि:शुल्क शिविर सन्चालन हुने भएको छ । यही जेष्ठ १३ र १४ गते गाउँपलिकाको केन्द्र शान्तिपुरमा शिविर सन्न्चालन हुने भएको हो । चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको शिविर शान्तिपुर आँखा उपचार केन्द्रमा सन्चाल हुन गईरहेको छ ।

”चन्द्रकोटका हरेक मानिसहरुको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकताको बिषय हो र यो कुरामा गाउँपालिका सधै सचेत रहनेछ ।”, गुल्मी न्युज डटकमसंग कुरा गर्दै चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युबराज के.सीले भने, “चन्द्रकोटबासी सबैलाई उक्त शिविरमा उपस्थित भई सेवा लिनुहुन अनुरोध गर्दछु ।”
यस्तै नेपाल नेत्र ज्योति संघ/शान्तिपुर आँखा उपचार केन्द्रका प्रमुख सुदिप पौडेलले पनि मोतियाबिन्दुको समयमै सहि उपचार गरे उक्त समस्या निको हुने बताउँदै सबै जनलाई यो मौकाको फाइदा उठाउन अनुरोध गरे ।

शिविरलाई प्राविधिक रुपमा नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र तम्घास, नेपाल नेत्र ज्योति संघ/शान्तिपुर आँखा उपचार केन्द्र शान्तिपुर र शान्तिपुर स्वास्थ्य चैकीले सहयोग गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D