घुम्टे युवा परिवारको परम्परागत होली पूर्णिमा मेला फागुन तेस्रो हप्ता

थम्मन थापा
बागलुङ, माघ २२ । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म संस्थाको ३५ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा गलकोट नगरपालिका खुल्ला बृहत कृषि मेला प्रदर्शनी, खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरिय पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

मेलामा यस पटक आकर्षणको रुपमा झुला पिङ समेत सञ्चालन गर्ने तयारी भईरहेको र साथमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने अध्यक्ष थापाले बताए । मेलामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा पुरस्कार जिन्सी र प्रमाण पत्र, पुरुष भलिबलमा पुरस्कार राशी क्रमश प्रथम नगद रु ५५ हजार ५ सय ५५ द्वितिय नगद रु ३३ हजार ३ सय ३३ र सान्तवना २ समुहलाई ११ हजार १ सय ११ प्रदान गरिने उपाध्यक्ष जीवन साहानीले जानकारी दिए । उपाध्यक्ष साहानीका अनुसार सामुहिक नृत्यको प्रथम पुरस्कार नगद रु १५ हजार द्वितिय पुरस्कार नगद रु १० हजार र तृतिय पुरस्कार नगद रु ७ हजार, रहनेछ त्यस्तै वडा स्तरिय पुरुष रस्साकसीको प्रथम पुरस्कार नगद रु ७ हजार र द्वितिय पुरस्कार नगद रु ३ हजार ५ रहने छ ।

होली पूर्णिमा मेलामा ज्येष्ठ नागरिक अभिनन्दन, भुपु खेलाडी अभिनन्दन, सफल युवा व्यावसायी सम्मान, विपन्न परिवारलाई राहत वितरण, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए । बैठकमा संस्थाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, युवा वर्गको उल्लेख्य उपस्थिती रहेको थियो । मेला अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगितिक प्रस्तुति रहने बताईएको छ ।

बैठकमा कार्य समितिका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । संस्थाले स्थापनाकाल देखि नै स्थानिय स्तरमा सामाजिक जागरणका अभियान अनि कृयाकलापहरुमा सकृयता पूर्वक कार्य सम्पादन गर्दै आईरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D