कौरव खत्री
बागलुङ, १४ फागुन । बागलुङको एक सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विस्तारित बैठक आज सम्पन्न भएको छ ।
बैठकले आगामी चैत ३ देखि ६ गते सम्म हुन गईरहेको संस्थाको ३४ औं वार्षिकोत्सव तथा ऐतिहासिक होलि पूर्णिमा मेला २०७५ लाई भव्य अनि सभ्य रुपमा मनाउने निर्णय गरेको छ ।
मेला सफल बनाउन विस्तारित बैठकले कार्यविभाजन समेत गरेको छ । जस अन्तर्गत पिताम्बर गौतमको संयोजकत्वमा सदस्यीय कृषि मेला समिति, जीवन साहानीको संयोजकत्वमा खेलकुद समिति, ज्योति थापाको संयोजकत्वमा सांस्कृतिक समिति, रुद्र केसीको संयोजकत्वमा रस्साकसी व्यवस्थापन, लोक बहादुर थापाको संयोजकत्वमा शान्ति सुरक्षा, टीका साहानीको संयोजकत्वमा अतिथि सत्कार, भुमिराज थापाको संयोजकत्वमा प्रचार प्रसार, रोजन केसीको संयोजकत्वमा साउण्ड सिष्टमको जिम्मा दिईएको छ ।
त्यस्तै ज्ञान बहादुर थापाको संयोजकत्वमा झाँकी व्यवस्थापन, रामचन्द्र गौतमको संयोजकत्वमा पुरस्कार व्यवस्थापन, सरोज थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, भुमिराज थापाको संयोजकत्वमा स्वयंसेवक, सन्त भण्डारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, प्रकाश थापाको संयोजकत्वमा खाजा नास्ता, दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार, थम्मन थापाको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ ।
उक्त अवसरमा ज्येष्ठ नागरिक अभिनन्दन, सफल युवा व्यवसायी, भुतपुर्व खेलाडी, श्रष्ठा सम्मान, विपन्न परिवार, विपन्न जेहेन्दार विद्यार्थी समेत छनौट गरिएको संस्थाका कोषाध्यक्ष सन्त भण्डारीले जानकारी दिए ।
त्यस्तै मेलालाई विभिन्न सञ्चार माध्यममा प्रचार प्रसारलाई तिव्रता दिने, कृषि मेला व्यवस्थापन, खेलकुद तथा सांस्कृतिक कार्यक्रम तालिका, मेला व्यवस्थापन, शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरिएको सदस्य भुमिराज थापाले जानकारी दिए ।
मेला अवधिभर राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरु विष्णु खत्री, आशिष अविरल, बसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगितिक प्रस्तुती रहने थापाले बताए ।
मेलामा स्थानीय झाँकीहरु,सोरठी, नौमति बाजा र नचरी लगायतका सांस्कृतिक झलकहरु समेत प्रस्तुत गरिने संस्थाले जनाएको छ ।
विस्तारित बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो