घरदैलो अभियानबाट ४ लाख ३६ हजार भन्दा बढिको राजश्व संकलन

कौरव खत्री
गुल्मी, ३ मंसिर । गलकोट नगरपालिका वडा नं ७ मा सञ्चालित सम्पति तथा भूमि कर संकलन घरदैलो अभियानबाट ४ लाख ३६ हजार ७ सय ६६ रुपैया राजश्व संकलन भएको छ ।

अभियानबाट वडा नं ७ का ५ सय जना करदाताले सरकारलाई कर बुझाएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । पौष १ गतेदेखि सुरु भएको अभियानमा स्थानियबासीको उत्साहपूर्ण सहभागिताको रहेको वडा अध्यक्ष थापाले बताए ।

जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले गलकोट नगरपालिकाले घरदैलोमै अभियानको रुपमा सञ्चालन गरेको गलकोट नगरपालिकाका नगर उप प्रमुख रेनुका काउचाले बताइन ।

साथै उपप्रमुख काउचाले शुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको नगर उपप्रमुख काउचाको भनाई छ ।

कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडी बुझाएको करको रसिद कर संकलन अभियानको क्रममा बुझाईएको थियो । सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय मल्म सप्ताहघाटमा कर संकलन कार्य सञ्चालन गरिएको थियो ।

आफनो घर जग्गाको सरकारलाई बुझाउनु पर्ने कर अन्तर्गतको यस अभियानबाट स्थानियबासी घर आगनमै प्रत्यक्ष लाभान्वित भएको वडा सचिव महेन्द्र पौडेलले जानकारी दिए । घरदैलो सेवा सहभागी भई कर बुझाएमा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको थियो ।

आजै अभियानको अन्तिम दिन गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले स्थलगत निरिक्षण समेत गरेका थिए । निरिक्षण पछि प्रमुख प्रशासकीय गौतमले कर संकलन अभियान सफल पार्न सहयोग गर्नुहुने वडा सरकार, स्थानियबासी, वडा भित्रका सरकारी कर्मचारीहरु, र प्राङगण तथा कार्यालय एवं व्यवस्थापकिय सहयोग गर्ने सामाजिक संस्था घुम्टे युवा परिवार मल्मलाई गलकोट नगरपालिकाको कार्यालयको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै जनतालाई घरदैलोमै सुविधा होस भनि नगरपालिकाले वडामै कर बुझाउन सक्ने व्यवस्था गरेको भन्दै वडा सरकार र वडा नं ७ का जनसमुदायको तर्फबाट गलकोट नगरपालिकाको कार्यालयलाई वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले आभार प्रकट गरेका थिए । वडामै सरकारलाई सम्पति तथा भुमि कर बुझाउन पाउककदा आफुहरुलाई थप सहजता र सुविधा भएको भन्दै स्थानीयबासी समेत खुसी भएका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D