gulminews logo
बुधबार, २०८१ बैशाख १२

‘घरघरमै सेवा त उनीहरुको चुनावी नारा मात्रै थियो’

टोपलाल अर्याल
गुल्मी | रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ ।

‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका काम अहिलेसम्म झोलाबाटै चलाईरहेको छु ।’ ७ नम्बर वडाका वडाध्यक्ष मोहन प्रसाद पाण्डेले असन्तुष्टी पोखे । उनी निर्वाचित भएर जनताका नाममा सपथ खाएको पनि तीन हप्ता पुग्न थाल्यो । तर, अहिलेसम्म पनि उनको वडा कार्यालयको टुंगो लाग्न सकेको छैन् ।
Gulmi-naya-news
नगर प्रमुख डिल्लीराज भुसालले ३ वर्षअघि नगरपालिका बनेको भएपनि कार्यालय व्यवस्थापन अहिलेसम्म नभएकाले जनप्रतिनिधिलाई समेत समस्या परेको बताए । उनले भने ‘मैले पटक पटक प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई कर्मचारी व्यवस्थापन गरिदिन आग्रह गरें, सुनुवाई नभएपछि सबै वार्डका अध्यक्षलाई राखेर छलफल गर्दै छौं ।’

वडा १४, सचिव ५

कार्यालय त छैनन नै, जनप्रतिनिधि निर्वाचित भएपछि प्रत्येक वार्डमा हुनुपर्ने वार्ड सचिव पनि छैनन् । १४ वडा रहेको रेसुंगा नगरपालिकामा पाँच जना मात्र सचिव छन् अहिले । कर्मचारी अभाव र कार्यालय व्यवस्थापनको काम नहु“दा सेवाग्राही मर्कामा परेका छन् । उनीहरु तीन घण्टा पैदल हिंडेर सदरमुकाममै रहेको नगरपालिका कार्यालयबाट सेवा लिन बाध्य भएको सेवाग्राही बताउँछन ।

रातामाटाका धनबहादुर सोमैले बुहारीको नागरिकता बनाउँन तीन घण्टाको पैदल हिंडेर आएको दुखेसो पोखे । उनले भने ‘घरघरमै सेवा त उनीहरुको चुनावी नारा मात्रै थियो, सानो कामका लागि पनि सदरमुकामै धाउनु पर्छ ।’

यहाँका जनताले कर्मचारी र कार्यालयको व्यावस्थापन नहुँदा जनप्रतिनिधि र सिंहदरबारको अधिकार गाउँसम्म पुगेको अनुभुत गर्न पाएका छैनन् । रातामाटाका धनबहादुर सोमैले बुहारीको नागरिकता बनाउँन तीन घण्टाको पैदल हिंडेर आएको दुखेसो पोखे । उनले भने ‘घरघरमै सेवा त उनीहरुको चुनावी नारा मात्रै थियो, सानो कामका लागि पनि सदरमुकामै धाउनु पर्छ ।’

दुर्गमको अवस्था झनै बिजोग

गाउँपालिका कार्यालय व्यवस्थापन भएपनि पुर्वाधारका अभावले सेवाग्राहीले झन सास्ती खेप्नु परेको छ । मालिका गाउ“पालिका केन्द्र रहेको अर्खाबाङमा अहिले पनि विद्युत र मोवाईल नेटवर्कको समस्या छ । खोजेको समयमा सेवाग्राहीले जनप्रतिनिधिसंग कुरा गर्न नै पाउ“दैनन् ।

‘धेरै जसो वडाका कागजपत्र वाक्सामा छन्, अवस्था बेजोग छ, एउटा घरको सानो कोठालाई नै गाउँको सिहंदरवार मान्नुपर्ने बाध्यता छ ।’

ठाउँको अभावकै कारण सपथ ग्रहण बिद्यालयमा भएको थियो जनप्रतिनिधिको । मालिका गाउँपालिकाका कार्यकारी अधिकृत रिषिराम पन्थीले भने, ‘जनप्रतिनिधि र कर्मचारी भित्र पसे सेवाग्राही बाहिर निस्कनुपर्ने अवस्था छ ।’

गाउँ कार्यपालिका गठन भएपछि जनप्रतिनिधिहरुको संख्या बढ्दै जाने भएकाले बैठक बस्न समेत चौरमा जानुपर्ने बाध्यता रहेको अधिकृत पन्थी बताउँछन । स्थानीय देविराम गिरीले भने ‘धेरै जसो वडाका कागजपत्र वाक्सामा छन्, अवस्था बेजोग छ, एउटा घरको सानो कोठालाई नै गाउँको सिहंदरवार मान्नुपर्ने बाध्यता छ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D